भिक्ट्रीमा झल्किँदै एक्स ब्यान्ड
screennepal
प्रकाशित: २०७२, १२ चैत्र शुक्रबार
no img

काठमाडौं । फेम नेपालले अघिल्लो महिनादेखि सुरु गरेको ‘लाइभ म्युजिक एरा २०१६’को दोस्रो शृंखलामा एक्स ब्याण्ड प्रस्तुत हुने भएको छ । दरबारमार्गस्थित भिक्ट्री लन्जमा उनीहरुले यो शनिबार आफ्ना चर्चित गीत सुनाउनेछन् ।

FOE FACEBOOK (1)
सन् १९९३ देखि निरन्तर गायन यात्रामा संलग्न एक्स ब्यान्डले कार्यक्रममा दर्जनभन्दा बढी गीत सुनाउने आयोजकले जनाएको छ । शिव मुखिया, सुरेन श्रेष्ठ र सजल राजभण्डारी सम्मिलित ब्यान्डका ‘लुक्न देऊ’, ‘चिया बारीमा’, ‘तिम्रो नजरल’, ‘दिन मात्र होइन तिमीलाई’, ‘कर्के हेराईले’ जस्ता गीत चर्चित छन् ।
बेलुकी ९ बजेबाट सुरु हुने कार्यक्रमलाई मोडल आयुष्मा सिंहले सञ्चालन गर्नेछिन् भने डिजे रेडमस र डिजे बिपीएमले डिजेइङ गर्नेछन् ।
बेलुकी ९ बजेबाट सुरु भएको कार्यक्रम रातको ३ बजेसम्म चल्ने आयोजक फेम नेपालले जनाएको छ ।
फेम नेपालले अघिल्लो शृंखलामा भारतीय मूलका नेपाली गायक विपुल क्षेत्रीलाई प्रस्तुत गरेको थियो । पहिलो शृंखलाबाटै सफलताको स्वाद चाखेको फेम नेपालले वर्षभरिनै चर्चित गायक तथा ब्यान्डलाई लाइभ म्युजिकमा प्रस्तुत गर्ने जनाएको छ । अर्को शृंखलामा सुगम पोखरेललाई प्रस्तुत गर्ने तयारी भईरहेको आयोजक साइमन राईले बताएका छन् ।

Comments