अभिनव र प्रेजिशा बने ‘कलेज एम्बेसडर’
screennepal
प्रकाशित: २०७२, ८ चैत्र सोमबार
no img

काठमाडौं । ‘द कलेज एम्बेसडर’ को उपाधि अभिनव घिमिरे र प्रेजिशा न्यौपानेले जितेका छन् । ग्रीन आर्टस् प्रालिद्धारा राजधानीमा आयोजिता प्रतियोगितामा विजेता बनेको उनीहरुले उपाधिसँगै महिन्द्राको मोटरबाइक र स्कुटर पुरस्कारस्वरुप पाएका छन् ।

IMG_0576
१३ युवती र ११ पुरुष गरी कुल २४ जना प्रतियोगितामा अभिनेषक बस्नेत र सोरिया जोशी फोटोजेनिक, अदिती श्रेष्ठ मिस ट्यालेन्ट, सन्देश श्रेष्ठ मष्ट पपुलर, विवेक राज कुंवर मष्ट डिसिप्लेन, अन्जना महर्जन र स्वीकृति श्रेष्ठ ड्रेस, अन्जान महर्जन मष्ट प्रेन्डली चुनिएका छन् ।
मिस नेपाल अर्थ नगमा श्रेष्ठ, कोरियोग्रफार रोजिन शाक्य र विपीन गुरुङ, गायक निर्णय श्रेष्ठ, अभिनेता तथा आरजे रेमणदास श्रेष्ठ र विज्ञापन व्यवसायि मुना श्रेष्ठ निर्णायक रहेको प्रतियोगितामा निर्जला दाहाल बेष्ट पर्पmमेन्स, प्रनिशा बस्नेत वेष्ट स्माइल, सलिल श्रेष्ठ र वर्षा शाक्य वेष्ट पर्सनालिटी विधाको विजेता भएका थिए । अग्नि ग्रुपका लेखा प्रमूख दुर्गाप्रसाद आचार्य र समाजसेवी सिर्जना सिंह योञ्जनका आतिथ्यता तथा अनिला श्रेष्ठको कोयिोग्राफीमा सम्पन्न कार्यक्रममा विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो ।

Comments