अनलाइनबाट बादशाहको कन्सर्ट टिकट
screennepal
प्रकाशित: २०७२, ६ चैत्र शनिबार
no img

काठमाडौं । बलिउड –यापर तथा पाश्र्वगायक बादशाह कन्सर्ट टिकट अनलाइनमार्फत पनि खरिद गर्न सकिने भएको छ । फागु पर्व होलीकै दिन राजधानीको सानो गौचरण खेल मैदानमा हुने ‘बादशाह लाईभ इन नेपाल’ को टिकट  http://clubmandu.com/event/badshah-live-in-nepal/  मार्फत किन्न सकिने व्यवस्था गरिएको हो । क्लवमाण्डु डटकमले (www.clubmandu.com) इभेन्ट तथा पार्टीसम्बन्धी समाचार र जानकारी राख्ने गर्छ । कार्यक्रममा प्रवेशका लागि भिआईपीका लागि २५ सय र अन्य १ हजार रुपैयाँ टिकट तोकिएको छ । उक्त टिकट आफूलाई चाहेअनुरुप अनलाइनमार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

badshah
‘नेपाल भ्रमण सुरक्षित’ छ भन्ने सन्देश दिने उद्देश्यले ‘बादशाह लाईभ इन नेपाल’ गर्न लागिएको हो । यो कन्सर्ट नाजी इन्टरटेन्मेन्ट र युहान इन्टरनेशनल इभेन्टस्ले संयुक्त रुपमा गर्न लागेका हुन् ।
यस कार्यक्रममा बादशाहसँगै बलिउडकी अर्की गायिका तथा मोडल आशा गिल पनि उपस्थित हुँदैछिन् । आशाले लड्की होगई, डिजेवाले बाबु, अक्कड बक्कडजस्ता थुपै्र गीतमा मोडलिङ गरेकी छन् । आयोजकका अनुसार बिहान साढे १० मा कन्सर्ट प्रवेशद्वारा खुला हुनेछ भने दिउँसो १ बजेबाट बादशाहको कन्सर्ट सुरु हुनेछ । तर, त्यसभन्दा अगाडि साढे ११ बजेदेखि डिजे शिशिर, रोहित आशिफलगायतका नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । बेलुका ४ सम्म हुने ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्टमा खाना तथा पेय पदार्थको स्टलसमेत रहने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रमस्थल सुरक्षाका लागि दुई सय नेपाल प्रहरी र एक सय निजी सुरक्षा गार्ड खटाइँदैछ ।

Comments