ताप्लेजुङको त्यो तोङ्बा पसल… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ५ चैत्र शुक्रबार
no img

काठमाडौं । यो गीत हेरेपछि वा सुनेपछि यहाँलाई पनि पक्कै त्यो ताप्लेजुङको तोङ्बा पसलको याद आउँनेछ, जहाँ काठको भाँडोमा कोदोको तोङ्बा पाइनेछ । सायद गीतकारले पनि त्यो तोङ्बा पसलको याद आएरै यो गीत लेखेको हुनुपर्छ । ‘ताप्लेजुङको तोङ्बा पसल…’ शीर्षक दिइएको यस गीतको गीतकार कल्पना आङ्बुहाङ लिम्बू हुन्, जो ताप्लेजुङकै हुन् । गीतकारको भावनालाई गायक राजेशपायल राई र जुना प्रसाईँले जस्ताको तस्तै गाएका छन् । गीतको भावनाअनुसार संगीत पनि राम्रै छ ।
पूर्वेली लय समातिएको यस गीतको संगीत अशोक लोहारुङ राईले गरेका हुन् । यस गीतलाई भिडियोमा उतार्नेका काम लोकेन साँवाले गरेका हुन् । लोकेन पछिल्लो समयका व्यस्त म्युजिक भिडियो निर्देशक मानिन्छन् । यस गीतको भिडियोमा गीता राई र विनोद श्रेष्ठले अभिनय गरेका छन् । केही साताअघि यु–ट्युबमा रिलिज गरिएको यो गीत विशेषगरी पूर्वतिर रुचाएको छ भने विदेशमा रहेका नेपाली श्रोताले पनि मन पराएको निर्देशक साँवाले बताए । तपाईं पनि एकपटक यो भिडियो हेरेर ताप्लेजुङको त्यो तोङ्बा पसलको स्मरण गर्नुहोला ।

https://www.youtube.com/watch?v=LNSvgM_wcQ0&feature=youtu.be

Comments