‘नेपाल्स फेस अफ द इयर’ प्रतियोगीले देखाए प्रतिभा
screennepal
प्रकाशित: २०७२, ३ चैत्र बुधबार
no img

काठमाडौं । ‘नेपाल्स फेश अफ द इयर’को नयाँ संस्करणका सहभागीले राजधानीको बानेश्वरस्थित होटल रानी महलमा आयोजित एक कार्यक्रमबिच प्रतिभा प्रदर्शन गरेका छन् । प्रतियोगिताको अन्तिम स्पर्धाका सहभागीले ट्यालेन्ट उपाधिका लागि आप्mना प्रतिभा प्रदर्शन गरेका हुन् । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धा यही ६ गते शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ ।

22
प्रतिस्पर्धीले गायन, नृत्य, अभिनय, चित्रकलालगायतमा आफूमा निहीत प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट राउण्डमा अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल–२०१५ सविता लामिछाने, प्mलाईटेक इन्टरनेशनलका सिइओ नाजिर हुसेन र पत्रकार तथा गीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए ।

33
प्रतियोगितामा सहभागी युवायुवतीले विभिन्न अवसरसमेत हासिल गर्ने आयोजक निशु झाले बताएका छन्। अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा कुल ४६ जना युवायुवतीले स्पर्धा गर्दैछन्। अन्तिम स्पर्धामा २० युवती र १६ युवाले स्पर्धा गर्दैछन् ।
प्रयियोगितामा कविता श्रेष्ठ, मनिषा थापा, अलपना अधिकारी, सुप्रिया श्रेष्ठ, सुम्निमा राई, रविना श्रेष्ठ, रञ्जिता श्रेष्ठ, सम्झना सुनुवार, अनुप्रिया सिंह राजपुत, कञ्चन श्रेष्ठ, रुकु श्रेष्ठ, सुष्मिता श्रेष्ठ, स्यारोन कुंवर, विनीता मास्के, किर्ती थापा, रोशनी राउत, निकु साख, अनु धौवञ्जर, एश्वरी राठौर, रोजी कुंवर, अनु भुषाल, ऋचा पुरी, प्रिया सिंह राजपुत, आकृति तिवारी, रानी खरेल, मनिषा श्रेष्ठ, सविना परियार, रेखा नेगी लामा, रजनी ढकाल र सिर्जना बस्नेतले प्रतिस्पर्धा गर्दैछन्। त्यसै गरी पुरुषतर्पm रुपेश सुवेदी, रेगन मगर, पंकज बस्नेत, प्रजन तामाङ, अजय लामा, सञ्जय गोले, सागर घिमिरे, सन्तोष तामाङ, सञ्जीव राई, दिवस धिताल, प्रिन्स गुप्ता, लोभिन अन्सारी, निरज गुरागाईं, सुजन तामाङ, नीक भुजेल र सुर्य बुढाथोकीले प्रतिस्पर्धा गर्दैछन् ।

12

Comments