मखमलीको आँखैमा गाजल (भिडियो रिलिज)
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
no img

काठमाडौं । नेपाली चलचित्र ‘मखमली’ को शीर्ष गीत रिलिज गरिएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा निर्मित अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापा निर्मित ‘मखमली’ को लोक फ्लेवरको ‘आँखैमा गाजल’ गीत रिलिज गरिएको हो ।
चेलीबेटी बेचबिखनको कथामा आधारित यस चलचित्रमा शुभेच्छा मखमलीको भूमिकामा देखिँदैछिन् । यो चलचित्रको निर्माणताका चरिमाया तामाङको जीवनीमा आधारित समेत भनिएको थियो । तर, शुभेच्छाका अनुसार चरिमायाको जीवनीमा आधारित भएका पनि केही हद भने कथा मिल्दोजुल्दो छ । यो चलचित्रको संगीत अर्जुन पोखरेलले गरेका हुन् । चलचित्रको निर्मातासमेत रहेकी थापाकै कथा रहेको यस चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन् ।

Comments