कर्माको ‘तिम्रो अधरमा’ अकेशा विष्ट (भिडियो)
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
no img

काठमाडौं । ‘कान्छी मट्याङ ट्याङ’ गीतमार्फत चर्चामा आएका दार्जिलिङका गायक कर्मा शेर्पाले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक शेर्पाको ‘कान्छी मट्याङ ट्याङ’ सन् २०१२ तिरै चर्चामा आएका हो । अहिले आएर शेर्पाले ‘तिम्रो अधरमा…’ बोलको गीत ल्याएका छन् । यो मेलाडी पप गीत हो । यस गीतको म्युजिक भिडियो रिलिज गरेपछि गायक शेर्पाले भने, ‘तिम्रो अधरमा मेरो सिंगल ट्रयाक हो । एल्बमको पनि तयारी गर्दैछु ।’

karma
दार्जिलिङमा जन्मेको भए पनि सिलगुढीमा बसोबास गर्दै आएका गायक शेर्पा पछिल्लो समय अमेरिकामा पनि उत्तिकै बस्दै आएका छन् । जिटीभीबाट प्रसारित ‘सारेगमप’ मा समेत सहभागी भएर आफ्नो गायन प्रतिभा देखाइसकेका शेर्पाले सिलगुढीमा म्युजिक स्कलसमेत सञ्चालन गर्दै आएका छन् । शेर्पाले तीनवर्ष यता सिलगुढीको चम्पासरी मोडमा कर्मा म्युजिक एकेडेमी सञ्चालन गर्दै आएका छन् । आफ्नो एकेडेमीमा म्युजिक, डान्स र भोकलको प्रशिक्षण दिइने उनले बताए । ‘सारेगमप’ मा शेर्पा टप–१२ मा पुगेका थिए । शेर्पाले नेपालमा समेत आफ्नो म्युजिक एकेडेमीको शाखा खोल्ने सोच रहेको बताए ।
गायक शेर्पाको ‘तिम्रो अधरमा…’ गीतको भिडियो छायांकन धुलिखेलमा गरिएको हो । सोनम पाख्रिनको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा अकेशा विष्ट र सौरामको अभिनय देख्न सकिन्छ ।

Comments