बादशाहका लागि नीजिसहित ३ सय सुरक्षाकर्मी !
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
no img

काठमाडौं । फागु पर्व अर्थात् होलीमा रंगहरुसँग रमाउने योजनामा रहेकाहरुलाई यसपटक राजधानीको गौचरण खेल मैदान विषेश हुने भएको छ, जहाँ बलिउड –यापर तथा पाश्र्वगायक बादशाह पनि होली खेल्न आउँदैछन् । डिजेवाले बाबु, अभि तो पार्टी सुरु हुई हे‘, अक्कड बक्कड बम्बे बो‘, आज रातका सिन बनाले’जस्ता हिट गीतका बादशाहलाई नाजी इन्टरटेन्मेन्ट र र युहान इन्टरनेशनल इभेन्टस्ले प्रस्तुत गर्न लागेका हुन् । ‘बादशाह लाईभ इन नेपाल’ नाम दिएको उक्त म्युजिक कन्सर्टमा बादशाह दशर्कदीर्घासँग रमाउँने कुुरा आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

E
आयोजकका अनुसार ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्ट गर्नुको मुख्य उद्देश्य ‘नेपाल भ्रमण सुरक्षित छ’ भन्ने सन्देश दिनु हो । त्यस्तै, यो कन्सर्टको अर्को उद्देश्य नेपाल–भारतबीचको सम्बन्धलाई सांस्कृतिक रुपमा बलियो बनाउन पनि रहेको छ ।
त्यस्तै, यस कार्यक्रममा बलिउडकी अर्की गायिका तथा मोडल आशा गिल पनि उपस्थित हुँदैछिन् । आशाले लड्की होगई, डिजेवाले बाबु, अक्कड बक्कड जस्ता थुपै्र गीतमा मोडलिङ गरेकी छन् । आयोजकका अनुसार बिहान साढे १० मा कन्सर्ट प्रवेशद्वारा खुला हुनेछ भने दिउँसो १ बजेबाट बादशाहको कन्सर्ट सुरु हुनेछ । तर, त्यसभन्दा अगाडि साढे ११ बजेदेखि डिजे शिशिर, रोहित आशिफलगायतका नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । बेलुका ४ सम्म हुने ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्टमा खाना तथा पेय पदार्थको स्टलसमेत रहने जनाइएको छ । कन्सर्टलाई व्यवस्थित र सुरक्षित गर्नका लागि व्यवस्थान समितिसमेत गठन गरिएको जनाइएको छ ।
आयोजकका अनुसार कार्यक्र स्थल सुरक्षाका लागि दुई सय नेपाल प्रहरी र एक सय निजी सुरक्षा गार्ड खटाइने भएको छ । कार्यक्रममा प्रवेशका लागि भिआईपीका लागि २५ सय र अन्य एक हजार रुपैयाँ टिकट तोकिएको छ । यस कन्सर्टमा सात हजार दर्शक ल्याउने लक्ष्य राखिएको आयोजकमध्येका एक सानु खानले बताए ।

Comments