हङकङमा मेगास्टार राजेशपायलको जोक र किस्सा !
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
no img

Rajesh Payal Rai in Hong Kong

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल  तथा मेगास्टार राजेशपायल राई अहिले हङकङमा छन् । उनी त्यहाँ मिनी म्युजिकल वल्र्ड टुरका क्रममा पुगेका हुन् । सांगीतिक कार्यक्रमका दौरानमा २३औं पटक हङकङ पुगेका राजेशपायलले आइतबार धुम मच्चाए । ‘पुमा सांगीतिक साँझ’ मा प्रस्तुत भएका यी ‘राई इज किङ’ गायकको जादूमय प्रस्तुतीले हङकङबासी दर्शक लठ्ठ भएका थिए । राजेशपायललाई सुन्न र हेर्न आएका दर्शकदीर्घा उनीसँगै नाँच्न तम्सिएका थिए । जोशिलो पारामा प्रस्तुत भएका राजेशपायलप्रति पुरुषभन्दा महिला दर्शक जोसिएका थिए ।

12834979_10153650342827762_1436317067_n
कार्यक्रममा राजेशपायलले आफ्ना दर्जनौं गीत हिट गीतहरु प्रस्तुत गरेका थिए भने उनले जोक्स र किस्सा समेत सुनाउन भ्याए । उनले ‘नाई नभन्नु ल–२, लगायत नमाग मसँग सहारा नमाग, फूलैफूलको मौसम तिमीलाई, नाई नभन्नु ल–४ को गीत, रामप्यारी, बाबै आराखा, दिक्तेल बजार, म त मर्छु कि क्या हो ठूलीजस्ता आफ्नो सुपरहिट गीत सुनाएका थिए । कार्यक्रममा जुना प्रसाईं, राजेश पुमा राई, नृत्य गीता राई, हास्य कलाकार पारवन राईको पनि जोडदार प्रस्तुती रहेको थियो ।

12833293_10153650342562762_2093176208_n

आयोजक संस्था किरात पुमा राई हङकङका अध्यक्ष तथा आयोजक पेन्गुइन राईका अनुसार कार्यक्रम सोचेभन्दा भव्य र सफल भएको छ । हुन त गायक राजेशपायल उपस्थित हुने हरेक कार्यक्रम सफल नै हुने गरेको छ । यस्तै, उनी हङकङमा पनि त्यसैगरी उपस्थित भएर आफ्ना फ्यान र प्रशंसकको मन जित्न सफल भएका छन् । राजेशपायल पछिल्लो केही वर्षयता नेपालमा भन्दा विदेशमा हुने सांगीतिक कार्यक्रममा बढी व्यस्त हुँदै आएका छन् । केही समयअघि मात्र अमेरिकाको दर्जनौ स्थानमा एकल शो गरेर फर्केका राजेशपायलले त्यहाँ पनि दर्शकदीर्घाको मन जित्न सफल भएका थिए । उनका लागि युरोप, अमेरिका, बेलायत, र हङकङ र खाडी मुलुक पानी पधेँरो जस्तै भएको छ । यो कुरा उनको २३औं हङकङ यात्राले पनि पुष्टि गर्छ ।   तस्बिर  : एचके नेपालबाट

 

Comments