दीपकलाई डब्लुएलसीको सम्मान
screennepal
प्रकाशित: २०७२, ३० फाल्गुन आईतवार
no img

काठमाडौं । मोडल दीपक घिमिरेलाई एक फेसन कलेजले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय स्टेजमा नेपाली पहिरन दौरा–सुरुवालको प्रमोसन गरेको भन्दै रातोपुलस्थित डब्लुएलसी कलेज अफ फेसनले दीपकलाई सम्मान प्रदान गरेको हो । हालै अमेरिकाको न्युयोर्कमा आयोजित ‘कन्टियर फेसन विक’मा दीपकले दौरा–सुरुवालमा क्याटवाक गरेर नेपालीको शान बढाएका थिए । त्यसैको कदर गर्दै कलेजले शनिबार एक कार्यक्रमबीच दीपकलाई सम्मान प्रदान गरेको हो । उनलाई कलेजका प्रिन्सिपल दिनेश चन्द्रले खादा ओढाएर सम्मान गरेका थिए ।

deepak (1)

कार्यक्रममा कलेजमा अध्ययनरत फेसन तथा आर्टका विद्यार्थीले दीपकसँग नेपालमा मोडलिङको अवस्था र भविष्यबारे अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रियामा सहभागी अधिकांश विद्यार्थी दीपकको मोडलिङ करिअरबारे प्रश्न गरे । दीपकले विद्यार्थीहरुको प्रश्नमा जवाफमा आफू इभेन्ट मेनेजमेन्ट समेत गर्दै आएको तर अन्तर्राष्ट्रिय स्टेजमा भने पहिलोपटक सहभागी हुन पाएको बताएका थिए । दीपकलाई न्युयोर्क फेसन शोमा सहभागी हुने अवसर नेपालबाटै प्रकाशित हुने ‘नभियन्ता अंग्रेजी म्यागजिन’ले जुराइदिएका थिए ।

deepak (2)
डब्लुएलसी कलेज अफ फेसन भारतको एक प्रतिष्ठित फेसन कलेज हो । यस कलेजको भारतको विभिन्न ठाउँ गरी ७ वटा शाखा छन् भने यो कलेज नेपालमा करिब तीन वर्षअघि शाखाकै रुपमा सञ्चालनमा आएको हो । फेसन र आर्टसम्बन्धी शिक्षण हुने यो कलेजमा २ यसभन्दा विद्यार्थी छन् । तर, प्रचारको कमिले सोचेजस्तो पेसन पाराखीमाझ लोकप्रिय हुन नसकेको कलेज सञ्चालकले नै स्वीकारेका छन् ।

Comments