अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न (केही तस्बिरसहित)
screennepal
प्रकाशित: २०७२, ३० फाल्गुन आईतवार
no img

काठमाडौं । विभिन्न लोक संस्कृतिको आदान–प्रदान गर्दै ‘आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला–२०७२’ सम्पन्न भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उदेश्यका साथ १९ फाल्गुनदेखि फाल्गुन २८ गतेसम्म चलेको ‘आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला’ मा नेपाललगायत सात देशका कलाकारले सहभागिाता जनाएका थिए ।

IMG_4560

यसपटकको महोत्सव काठमाडौं, काभे्रपलान्चोक (बनेपा), नुवाकोट (त्रिशुली), धादिङ र पोखरालगायतका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा कलाकारहरुले आ–आफनो देशको कला र संस्कृति प्रस्तुत गरेका थिए ।
महाभुकम्पबाट क्षति पुगेको ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध हनुमानढोका जस्ता पर्यटकिय दरबार क्षेत्रमा यसपटक भने यस्ता लोक संस्कृति कार्यक्रम हुन नसकेको आयोजकले जनाएको छ । हरेक दुई–दुई बर्षमा आयोजना हुने यस मेलामा यसपटक इस्टोनिया, मेक्सिको, इन्डोनेसिया, बङगलादेश, भारत (गुजरात), भारत (पंजाब) र नेपालको विभिन्न सांस्कृतिक समुहका कलाकारले भाग लिएको थियो । १० दिन चलेको मेलामा कलाकारले आ–आफ्नो संस्कृति झल्कने भेष–भूषा लगाई लोक नृत्य, संगीत, लोक गीत र पद यात्रा (याली) समेत गरेका थिए ।

IMG_4143 IMG_3924 IMG_3727

Comments