निराजन र सन्जोगलाई नम्रताको हरेक चिज बबाल ! (भिडियो हेर्नुहोस)
screennepal
प्रकाशित: २०७२, २८ फाल्गुन शुक्रबार
no img

काठमाडौँ | मोडलिङ क्षेत्रमा चर्चित नाम हो नम्रता सापकोटा अनि निराजन प्रधान र सन्जोग कोइराला | दर्शकहरु माझ लोकप्रिय रहेका यी तीन मोडेल एकै म्युजिक भिडियोमा देखिएका छन् |
003
शुक्रबार मात्र सार्वजानिक भएको अलिकति नजर झुकाउने बोलको एक म्युजिक भिडियोमा यी तीनको रोमान्स देख्न सकिन्छ |म्युजिक भिडियोमा निराजन र सन्जोग दुवैको मन चोर्न नाम्रताले भ्याएको छ |यी दुवै मोडेललाई नम्रताको हरेक चिज बबाल र कमाल लाग्छ |

नेपाली म्युजिक भिडियो र चलचित्र सम्पादन र निर्देशनमा निकै नै सक्षम मानिएका निर्देशक प्रविन श्रेष्टले यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माले यस म्युजिक भिडियोलाई छायांकन गरेका हुन् |
001
गायक तथा गीतकार आरबी पुनको दोस्रो एल्बम तरँगमा समावेश यस गीतलाई आरबी संगै नेपाली तारा बिजेता प्रताप लामाले पनि गाएका छन् | सुर्य दयालुको संगीत रहेको यस गीतलाई द मेलोडी म्युजिक क्रियाशनले तरँग एल्बम मार्फत बजारमा ल्याएको हो |
006
दिपक एम सिंहको कोरियोग्राफीमा मोक्ष प्रोडक्सनले निर्माण गरेको यस म्युजिक भिडियो गीतको मेलोडी संगै निकै नै रमाइलो बनेको छ |
007

Comments