१० लाख खर्चेर कविताको ‘भूलमा भूल भयो’
screennepal
प्रकाशित: २०७२, २८ फाल्गुन शुक्रबार
no img

काठमाडौं । उनी सानैदेखि गुनगुनाउँथिन् । अरुणा लामाका गीत भनेपछि हुरुक्कै भएर सुन्थिन् र गाउँथिन् उनी । उनै अरुणाका फ्यान कविता राई ‘भूलमा भूल भयो’ भन्दै नेपाली सांगीतिक क्षेत्रमा देखिएकी छन् ।  ‘भूलमा भूल भयो’ कविताको पहिलो एकल एल्बम हो, जुन एल्बम केही दिनमै उनी सार्वजनिक गर्दैछिन् । ‘एल्बमका लागि सबै गीत रेर्कड भइसक्यो’ उनले भनिन्, ‘दुई वटा गीतको म्युजिक भिडियोसमेत गरेकी छु । केही दिनमै एल्बम रिलिज गर्दैछु ।’ एल्बमका गीत रेकर्डिङ भइसकेपछि आफ्नो एउटा इच्छा पूरा भएको उनले सुनाइन् ।

kabita Rai
गायनप्रति इच्छा र रहर भएर पनि समयमा एल्बम ल्याउन नसकेको पनि उनी दुखित पनि छिन् । ‘एल्बम गर्छु भन्दा–भन्दै विदेश गएँ’ उनले भनिन्, ‘त्यसैले पनि समयमै इच्छा पूरा गर्न सकिनँ । तर, अब गायनलाई निरन्तरता दिनेछु ।’ पहिलो एल्बम ‘भूलमा भूल भयो’ भए पनि कविताका लागि पहिलो गीत भने होइन । उनी ११ वर्षदेखि नै विभिन्न स्टेज शोहरुमा गाउँने गर्थिन् । केही गायन प्रतियोगिताहरुमा पनि सहभागी जनाएको कविताले सुनाइन् । ‘स्कुलमा हुने हरेक कार्यक्रमहरुमा गाउँने गर्थेँ’ कविताले भनिन्, ‘एनटिभीबाट प्रसारण भएको तिम्रो सुर मेरो गीतमा पनि सहभागी जनाएकी थिएँ ।’

Kabita11
जतिखेरदेखि गीत सुन्न थालिन्, त्यो समयदेखि नै गायिका बन्ने सपना र रहर लिएकी कविता भन्छिन्, ‘मलाई जतिखेर गुनगुनाउँन मन लाग्छ । यो मेरो गायनप्रतिको तिव्र इच्छा हो ।’ आफ्नो रहर पूरा गर्ने एल्बम भएकै कारण उनले ‘भूलमा भूल भयो’ मा कुनै कन्जुस्याई नगरी पैसा खर्च गरेकी छन् । एल्बमको ८ वटा गीतका लागि कविताले करिब १० लाख रुपैयाँ खर्च गरेकी छन् । त्यो १० लाख खर्चबाटै दुईवटा म्युजिक भिडियो पनि भएको उनले सुनाइन् । एल्बममा खर्चिएको लगानी कसरी उठाउने त ? उनी भन्छिन्, ‘खै, कसरी उठाउँने थाहा छैन । लगानी नउठेपनि रहर त पूरा भयो नि त ।’
एल्बम ‘भूलमा भूल भयो’ मा भूलमा भूल भयो, आउ सामु मिठो गीत गाउ, तिमी को हौं, तिमी सुस्तरी, लाखौ आए जस्ता आठ वटा गीत छन् । सुरेश केसी, डिम्पल वनेम र विरेन्द्र राईको शब्दरचना रहेको ती गीतमा ओमप्रकाश राई, सुरेश अधिकारी, निलम रोजु राई र जन्म राइको संगीत रहेको छ ।

 

Comments