संगीतको तीनै दृश्यमा दृश
screennepal
प्रकाशित: २०७२, २८ फाल्गुन शुक्रबार
no img

काठमाडौं । गायनप्रति रुचि राख्ने युवाजमात दिनप्रतिदिन बढ्दैछन् । यद्यपि औँलामा गन्न सकिने मात्रै टिक्न सकेको पाइन्छ । यस्तै, परिवेशमा गायन क्षेत्रमा दृश बस्नेतको (दिवसमानसिंह बस्नेत) उदय भएको छ । सर्लाही बेल्हीका दृश आफ्नो पहिलो सांगीतिक कोशेली ‘एक बारको माया होइन…’ लिएर नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकेका हुन् । यो गीत उनको ‘यु एण्ड मि’ एल्बममा समावेश छ ।

srish2
दृशकै शब्द र संगीत कम्पोजमा यस गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ । म्युजिक भिडियोमा बस्नेत आफैँले अभियान गरेका छन् भने उनलाई साथ दिएकी छन् उनकै सहपाठी सलमा श्रेष्ठले । नगरकोटमा छायाँकन गरिएको म्युजिक भिडियो निर्देशन पनि उनै गरेका छन् । ‘मेरो यो पहिलो गीत हो, त्यसैले म यसमा कुनै कमि हुन दिन चाहन्न थेँ’, बस्नेत भन्छन्, ‘त्यसैले दुई÷तीन महिना लामो होमवर्कपछि यो गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हुँ ।’
भारत बैंलोरबाट कम्प्युटर एप्लिकेसनमा स्नातक गरेका बस्नेत सानैदेखि गीतसंगीतमा रुचि राख्थे । आफ्नै शब्दमा तीन दर्जनभन्दा बढी गीत लेखेर तयार पारिसकेका बस्नेत ती सबै गीतको संगीत कम्पोजिङ पनि भइसकेका छन् र विस्तार दर्शक र श्रोतामाझ ल्याउँदै जाने बताउँछन् । उनका अनुसार ‘भन कसरी…’, ‘खोजी हेर…’, ‘तिमीबाट सुरु…’ लगायतका गीतको कम्पोजिन भइसकेका छन् । गीत–संगीतलाई आफ्नो प्यासनका रूपमा लिने बस्नेत अहिलेकै अवस्थामा यस क्षेत्रबाट जीविकोपार्जन नहुने पनि स्वीकार्छन्। ‘म यो क्षेत्रमा नयाँ हुँ, अहिले नै यसबाट जीविका चल्ला भन्ने सोचेको छैन’, उनले भने, ‘दर्शक र स्रोतको माया पाएँ भन्ने पक्कै पनि राम्रो हुनेछ ।’ विशेषगरी बस्नेतका गीतहरू रोमान्टिक, सेन्टिमेन्टल, रकपप प्याट्रनका छन् ।

Comments