‘मिस राई’ बन्न भोट माग्दै कविता र सन्तोषी
screennepal
प्रकाशित: २०७२, २७ फाल्गुन बिहीबार
no img

Miss-rai

काठमाडौं । यतिखेर ‘मिस राई’ बन्न’ १४ जना राई समुदायका युवती विभिन्न आत्मविकास सम्बन्धी प्रशिक्षणमा व्यस्त छन् । यही आउँदा चैत ४ मा राष्ट्रिय नाचघर जमल हुने अन्तिम स्पर्धाका लागि आफूलाई अब्बल बनाउन प्रतियोगीबीच स्पर्धाजस्तै चलिरहेको छ अहिले । ती १४ प्रतियोगीमध्ये कविता राई र सन्तोषी दुमी राई पनि ‘मिस राई’ को ताज जित्न लागिरहेका छन् ।

kabita

Kabita Rai

कविता उदयपुरकी हुन्, तर, केही वर्षयता काठमाडौंको कपनमा बस्दै आएकी उनी जसरी पनि यसपटकको ‘मिस राई’ बन्न चाहन्छिन् । उनको प्रतियोगी नं ९ रहेको छ । कविताको स्लोगन रहेको ‘सुम्निमा र पारुहाङको छ मसँग साथ, यलम्बरले राख्नु भएको मेरो शीरमा हात’ । उनलाई आफ्नो भाषा, संस्कृति, मुन्धुमबारे जान्ने इच्छा छ । किराती चेली भएका कारण पनि आफ्नो जातीय पहिचान र सभ्यताको खोजी हुनुपर्ने उनको भनाइ छ ।
कविताका अरु प्रतिस्पर्धी कोही नृत्य गर्छन् भने कुनै गीत गाउँछन् । तर, कविता भने ‘किरात पहिचान’ का बारेमा वक्तव्य दिनेछिन् । उनले प्रतियोगितामा आफूलाई विजय गराउन पनि अपिल गरेकी छन् । जसका लागि ‘मोबाइलको म्यासेज बक्समा क्यापिटलमा एम.आर. स्पेस नाइन टाइप गरी ३६२६ मा आफूलाई भोट गर्न अपिल गरेकी छन् । उनले नागरिकको भोटले आफूलाई विजय गराउन सहयोग पु¥याउँने र समाजसेवाको बाटोमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरेकी छन् । कविता ‘ब्युटिसियन’समेत हुन् भने मन्टेश्वरी विद्यालयमा समेत अध्यापन गराइरहेको छिन् ।

santoshi rai

Santoshi Dumi Rai

त्यस्तै, अर्की प्रतियोगी हुन् सन्तोषी । उनको प्रतियोगी नंं. ३ हो । सन्तोषी पनि कविताजस्तै ‘मिस राई’ को ताज चुम्न चाहन्छिन् । उनी भन्छिन्, ‘म मा आत्मविश्वास छ । त्यसैले प्रतियोपगतामा शीर्ष उपाधि जित्न सक्छु भन्ने लागेको छ ।’ उनको स्लोगन भने यस्तो छ, ‘नेपालकी छोरी हुँ म, बस्छु हाँसीखेली, संस्कृतिमा रमाउँने, किराँतीकी चेली ।’ खोटाङ, शप्तेश्वर–५ की सन्तोषीले पनि आफूलाई भोट दिएर जिताउन अपिल गरेकी छन् । उनलाई मोबाइलको म्यासेज बक्समा क्यापिटलमा एम.आर. स्पेस थ्री टाइप गरी ३६२६ मा भोट गर्न सकिन्छ । हाल पशुपति बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत सन्तोषी नृत्य र पुस्तक पढ्न रुचाउँछिन् ।

Comments