नरुनु आमा ताल बन्छ आँशु… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २६ फाल्गुन बुधबार
no img

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङले आफ्नो दोस्रो एल्बम ‘आमा–२’ को अर्को भिडियो पनि रिलिज गरेकी छन् । बेलायतमा बस्दै आएकी कल्पनाले केही समयअघि मात्र ‘आमा–२’ एल्बम सार्वजनिक गरेकी हुन् । उनी एल्बम रिलिज गर्न नेपाल आएकी थिइन् । एल्बमका ८ गीतमध्ये ‘नरुनु आमा ताल बन्छ आँशु’ शीर्ष गीत हो, जसलाई दर्शक तथा श्रोताले मनपराएका छन् । यस गीतमा संगीत राजकुमार बगरको रहेको छ ।
भिडियोमा मेलिना मानन्धरले छोरीको अभिनय गरेकी छन् भने आमाको भूमिकामा लक्ष्मी भुषाल देखिएकी छन् । यस भिडियोलाइ अर्जुन तिवारीले खिचेका हुन् । यस गीतमा श्रेयसी चेम्जोङको स्वर छ । एल्बम ‘आमा–२’ को सबै गीतहरुको भिडियो लोकेन साँवाले निर्देशन गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा लोकेन निकै व्यस्त छन् । उनै लोकेनले निर्देशन गरेको यो भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=oyVoQbZoV4M

Comments