पुरनको ‘चोखो मायामा…’ अकेशा (भिडियो)
screennepal
प्रकाशित: २०७२, २६ फाल्गुन बुधबार
no img

काठमाडौं । ‘तिम्रो जस्तो चोखो माया…’ भन्दै नेपाली सांगीतिक क्षेत्रमा गायक पुरन पुवर मगरको आगमन भएको छ । पुरनले आफ्नो गीत ‘तिम्रो जस्तो चोखो माया’ लाई पप मेलोडीमा गाएका छन्, जुन गीतको भिडियोसमेत तयार गरिएको छ ।

puran-
गायक पुरनकै शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडल आकेशा बिष्ट र सौरमले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको यस म्युजिक भिडियोमा अकेशा र सौरम निकै खुलेका छन् ।
यो गीतको भिडियो सार्वजनिकसँगै पुरनले पनि चर्चा बटुल्दै गएका छन् । पुरन गीत संगीतको तीनै विधामा पोख्त देखिएका छन् । हाल अमेरिका बस्दै आएका उनले त्यहाँ रहेर पनि नेपाली गीतसंगीतलाई आफ्नो प्राथमिकतामा राखेको बताउँछन् । उनले चाँडै एल्बम ल्याउने पनि बताए ।

Comments