‘घर होइन, मन ठूलो भएको…’ खोज्दै योजना (भिडियो)
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
no img

काठमाडौं । गायिका तथा संचारकर्मी योजना पुरी ‘घर होइन, मन ठूलो भएको’ खोज्दैछिन् । हुन त मन भएपछि घर त पक्कै होला । त्यसैले त योजना भन्छिन्, ‘घर होइन मन ठूलो भएको खोजिरहेको छु ।’ योजनाले यस्तो भावना गीतमार्फत पाखेकी हुन् । उनले आफ्नो दोस्रो एल्बमको गीत ‘घर होईन मन ठूलो भएको’ को म्युजिक हालै सार्वजनिक गरेकी छन् । यसै भिडियोमार्फत उनी मोडलिङमा पनि देखिएकी छन् । दर्जनौं गीतमा स्वर दिइसकेकी योजनाले पहिलोपटक मोडलिङ गरेकी हुन् । आफ्नो गीतमा मोडलिङ गरेपछि उनी भन्छिन्, ‘गाउनुभन्दा त अभिनय गर्न पो सजिलो रहेछ ।’ हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेलको शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् ।

Comments