गौरीमायाको ‘बाँड्नुपर्ने माया…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
no img

काठमाडौं । गायिका गौरीमाया साउदेन वनेम ‘बाँड्नुपर्ने माया…’ भन्दै श्रोता तथा दर्शकमाझ आएकी छन् । बेलायतमा बस्दै आएकी यी गायिकाले आफ्नो पहिलो एल्बम ‘स्मृती’ मा समावेश गीत ‘बाँड्नुपर्ने माया’ भिडियोमा सार्वजनिक गरेकी हुन् । यस म्युजिक भिडियोलाई रुबुशा क्रियटिभ वर्क्सले ल्याएको हो । ‘बाँड्नुपर्ने माया यो किन घट्दै छ’ बोलको यस भिडियोमा जानु काम्बाङ लिङ्देनको शब्द रहेको छ भने संगीत ताराप्रकाश लिम्बुले दिएका छन् । यस भिडियोमा कोसिश क्षेत्री र आसिष्मा नकर्मीले अभिनय गरेका छन् । शिवराम श्रेष्ठको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

Comments