होलीको दिन गौचरणमा बादशाह गर्जिेने
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
no img

काठमाडौं । बलिउड -यापर तथा पाश्र्वगायक बादशाह आउँदो फागु पूर्णिमामा काठमाडौंका दर्शक माझ हुनेछन् । उनले यसपटक काठमाडौंका आफ्ना फ्यानसँग रङ खेल्दै होली मनाउने भएका छन् । नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सहआयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी नेपाल आउन लागेका हुन् ।

C
डिजेबाले बाबु…., अभि तो पार्टी सुरु हुई हे…, अक्कड बक्कड बम्बे बो…, आज रातका सिन बनाले… जस्ता हिट गीतका ¥यापर बादशाह आउँदो चैत्र ९ गते काठमाडौंको सानो गौचरणमा प्रस्तुत हुने आयोजकले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ सम्म ‘बादशाह लाईभ इन नेपाल’ कन्सर्ट आयोजना गरिने आयोजक नासिर हुसेनले जानकारी गराए । नेपालमा बादशाहको पछिल्लो समय अत्यन्त माग भएकाले उनलाई नेपालमा ल्याउन लागेको पनि उनले जानकारी गराए ।
यो कन्सर्टमा नेपालका चर्चित गायका गायिकाहरुको पनि प्रस्तुति रहने युहानकी अध्यक्ष सञ्जिता श्रेष्ठ र नासिर हुसेनले जानकारी गराए । श्रेष्ठ र हुसेनका अनुसार फागु पूर्णिको अवसर भएकाले सानो गौचरणमै रंगले भरिएको पानी ट्यांकरको व्यवस्था गरिने जनाइएको छ । कार्यक्रममा आवस्यक फुड स्टल र बारको पनि ब्यबस्था गरिनेछ । कार्यक्रममा सहभागी हुनका लागि ३ हजार रुपैयाँ मूल्यको भिआईपी टिकेट र एक हजार रुपैयाँको प्लाटिनियम टिकट व्यवस्था गरिएको छ ।

Comments