प्रशिक्षणमा व्यस्त फेसन आइकन प्रतियोगी
screennepal
प्रकाशित: २०७२, २३ फाल्गुन आईतवार
no img

काठमाडौ । रन वे नेपालको आयोजनामा हुन लागेको ‘नेपाल फेसन आइकन–२०१६’ का सहभागी अहिले प्रशिक्षणमा व्यस्त छन् । राजधानीमा आयोजित विभिन्न अडिसनबाट छानिएका ४० प्रतियोगी अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुटेको रन वे नेपालकी सिइयो चाँदनी लामिछानेले जानकारी दिएकी छन् ।

IMG_7649

महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगतमा नया“ आयाम थप्नु का साथै नेपाली प्लेटफर्म आवश्यकको मोडल उत्पादन गर्नु मुख्य उद्देश्यले ‘नेपाल फेसन आइकन–२०१६’ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
लामिछानेका अनुसार प्रतियोगितामा पहिलो चरणको प्रशिक्षण सुरु भएको छ । जसमा प्रतियोगीले व्यक्तित्व विकाश, रन वे नलेज, सेल्फ ड्रेस अप, फोटोसुट, सेलिब्रेटी गेष्ट क्लास (अभिनेता, अभिनेत्री तथ्ाँ मोडल, मिडियो पर्सनबाट), पब्लिक स्पिकिङ, अन्र्तवार्ता सेसनलगायतका बिषयमा ज्ञान हासिल गर्न सक्नेछन् ।
प्रतियोगितामा २० महिला र २० पुरुष अन्तिम स्पर्धी छन् । प्रतियोगीता शिर्षसहित बिभिन्न दर्जन बिधामा बिजेता घोषणा गरिनेछ ।

Comments