अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिद्वारा स्थापित ‘अनेसास नवरत्न पुरस्कार’बाट नेपाली साहित्य, कला र समाजसेवाका क्षेत्रमा समर्पित नौजना महिला सम्मानित हुने भएका छन् । समितिका संयोजक गीता खत्रीको संयोजकत्वमा गठित राधेश्याम लेकाली र गोवर्धन पूजा सदस्य रहेको निर्णायक समितिको निर्णयअनुसार ज्योति पौडेल, पविता परियार, लीला लुइँटेल, यशोधा राई, बसुन्धरा भुसाल, विन्दिया सुब्बा, विष्णुमाया परियार, बेटी बज्राचार्य र सूर्य महर्जन पुरस्कृत हुने भएका हुन् ।
Deepa Rai Pun
उनीहरुलाई अमेरिकी डलर दुईसय पचाससहितको क्रमशः अनेसास नवरत्न ज्ञानुदेवी उपाध्याय पुरस्कार, अनेसास नवरत्न दानबहादुर थापा पुरस्कार, अनेसास नवरत्न उत्तम नेपाली पुरस्कार, अनेसास नवरत्न शकुन ज्ञवाली पुरस्कार, अनेसास नवरत्न दया शाह पुरस्कार, अनेसास नवरत्न पुनम काफ्ले पुरस्कार, अनेसास नवरत्न विमला चाम्लिङ राई पुरस्कार, अनेसास नवरत्न कृष्ण तथा राजकुमारी श्रेष्ठ पुरस्कार, अनेसास नवरत्न पदम विश्वकर्मा पुरस्कार प्रदान गरिने छ ।
पुरस्कारलाई क्रमशः सुनिता शर्मा, कुन्ति थापा, ममता कर्माचार्य, शकुन्तला ज्ञवाली, अनु शाह, पुनम काफ्ले, दीपा राई पुन, लक्ष्मी श्रेष्ठ र पदम विश्वकर्माले प्रयोजन गरेका छन् । पुरस्कृत व्यक्तित्वहरूलाई आगामी अप्रिल २ मा अमेरिकाको न्युयोर्कमा आयोजना गरिने एक कार्यक्रमबीच प्रदान गरिने बताइएको छ ।