‘नेपाल्स फेश अफ द इयर’ बन्न ४६ स्पर्धी
screennepal
प्रकाशित: २०७२, २३ फाल्गुन आईतवार
no img

काठमाडौं । ‘नेपाल्स फेश अफ द इयर’ को दोस्रो संस्करण हुने भएको छ । रिवन इन्टरटेनमेन्टले नयाँ मोडलहरुको उत्पादन तथा युवायुवतीमा अन्र्तनिहीत प्रतिभा उजागरका लागि यो प्रतियोगिता गत वर्षदेखि शुरु गरेको हो ।
आयोजक संस्थाकी अध्यक्ष निशु झाका अनुसार युवायुवतीको व्यक्तित्व तथा आत्मविश्वासको विकासका लागि दोस्रो संस्करणस्वरुप नेपाल्स फेश अफ द इयर २०१६ को आयोजना गर्न लागेको हो । यो प्रतियोगितामा सहभागी युवायुवतीले विभिन्न अवसरसमेत हासिल गर्ने झाले बताए । आगामी चैत ६ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा कुल ४६ जना युवायुवतीले स्पर्धा गर्ने उनले जानकारी गराएका छन् । अन्तिम स्पर्धाका लागि २० युवती र १६ युवाले स्पर्धा गर्दैछन् ।

5
बलिउडबाट कोरियोग्राफीको तालिम पूरा गरी दर्जनौं नेपाली सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफी गर्दै आएका अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धाको तयारीस्वरुप सहभागी युवायुवतीहरुले राजधानीको नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विधाको तालिम र प्रशिक्षण लिइरहेका छन्।
यसअन्तर्गत प्रतिस्पर्धी युवायुवतीहरुले अन्तराष्ट्रिय मोडलिङ वर्कशपका साथ व्यक्तित्व विकास, सौन्दर्यको विकास, सौन्दर्यसम्बन्धी ज्ञान, ग्रुमिङ, टेबल म्यानर, एयर होस्टेज तालिम, कला, नृत्य, चित्रकला, नेतृत्व विकासलगायतको कक्षा पाइरहेका छन्। प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले विभिन्न अन्तराष्ट्रिय मञ्चमा अवसरसमेत प्राप्त गर्ने आयोजक निशु झाले बताए।
प्रयियोगिताको अन्तिम स्पर्धामा कविता श्रेष्ठ, मनिषा थापा, अलपना अधिकारी, सुप्रिया श्रेष्ठ, सुम्निमा राई, रविना श्रेष्ठ, रञ्जिता श्रेष्ठ, सम्झना सुनुवार, अनुप्रिया सिंह राजपुत, कञ्चन श्रेष्ठ, रुकु श्रेष्ठ, सुष्मिता श्रेष्ठ, स्यारोन कुंवर, विनीता मास्के, किर्ती थापा, रोशनी राउत, निकु साख, अनु धौवञ्जर, एश्वरी राठौर, रोजी कुंवर, अनु भुषाल, ऋचा पुरी, प्रिया सिंह राजपुत, आकृति तिवारी, रानी खरेल, मनिषा श्रेष्ठ, सविना परियार, रेखा नेगी लामा, रजनी ढकाल र सिर्जना बस्नेतले प्रतिस्पर्धा गर्दैछन्। त्यसै गरी पुरुषतर्पm रुपेश सुवेदी, रेगन मगर, पंकज बस्नेत, प्रजन तामाङ, अजय लामा, सञ्जय गोले, सागर घिमिरे, सन्तोष तामाङ, सञ्जीव राई, दिवस धिताल, प्रिन्स गुप्ता, लोभिन अन्सारी, निरज गुरागाईं, सुजन तामाङ, नीक भुजेल र सुर्य बुढाथोकीले प्रतिस्पर्धा गर्दैछन्।

Comments