किशनको शिवरात्री गीतमा बाबाहरुको नाच (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
no img

काठमाडौ । गायक किसनराज गुरुङ शिवरात्रिको अवसर पारेर नेपाली सांगीतिक क्षेत्रमा फेरि झुल्किएका छन् । आठ बर्षअघि ‘सुर’ नामक एल्बम ल्याएर चर्चामा आएका किसनराजले हाल सम्मकै छोटो शिवरात्रीसम्बन्धि गीत लिएर आएका छन् ।
गुरुङले आफ्नै शब्द संगीतमा तयार पारेको यस गीत एक मिनेट बाउन्न सेकेण्डको मात्रै छ । शिव भगवानमा समर्पित माया प्रेमभन्दा फरक शैलीको यस गीतको भिडियो पशुपति क्षेत्रमा छायांकन गरिएका् ।
फोटो पत्रकार नबिनबाबु गुरुङले पशुपति क्षेत्रमा रहेका जोगी बाबालाई गायकसँगै भिडियोमा नचाएका छन् । नबिनको निर्देशन र छायांकनमा बनेको यस म्युजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् । गीत छोटो र रमाईलो रहेको गायक गुरुङले बताए । लामो समयपछि छोटो गीत लिएर आएकोले दर्शक श्रोताको यस गीतले मन छुने गुरुङले बताए ।

Comments