इभेन्ट म्यानेजमेन्टले बद्नाम गर्न खोजेको द पनासको आरोप !
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
no img

काठमाडौं । दरबारमार्गस्थित द पनास रनवेले प्रत्येक बर्षझै यसबर्ष पनि आर्मी अफिसर्स क्लवमा फेस अफ पनाचे सिजन–२ प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा गरायो । जुन कार्यक्रमको आयोजक द पनास रनवे र इभेन्ट म्यानेजमेन्ट भने हाउस अफ फेसनको तर्फबाट वसिमा वानुले गरेकी थिइन् ।
प्रतियोगिताको विजेता रचेन्द्र खण्ड, फस्ट रनरअप मेध्ना चौधरी, सेकेन्ड रनरअप सन्दीप पोखरेल भए । त्यस्तै, ११ जनालाई सव टाईटल अवार्ड दिइएको थियो । तर, यो प्रतियोगिता पनि विवादरहित हुन सकेन । इभेन्ट म्यानेजमेन्ट कम्पनीकी वसिमा वानुले सक्षमलाई नजिताएको आरोपमात्रै लगाइनन् कि यत्रतत्र प्रतियोगताको विरोध गर्दै हिडन् थालिन् ।

the panach ranway
भारतीय फेसन डिजाईर विशाल कपुरले व्यवसायी स्वेता सिरोहियासँग मिलेर खोलेको द पनास रनवेमै शुक्रबार साँझ पत्रकार सम्मेलन गरे । वसिमाको यस्ता चर्तिकला सहन नसकेपछि आयोजक संस्था द रनवे पनासले मोडेलसमेत रहेकी वसिमाले गलाएको आरोपको गण्डन गरेको छ ।
फेसन डिजाईनरद्धय कपुर र सिरोहियाको सयुक्त भनाई थियो, ‘इभेन्ट म्यानेजमेन्ट कम्पनीका वसिमा वानुले आफ्नो भाई अकेस ताम्राकारलाई विजय बनाउन चाहन्थिन । तर, उ विजेता नवनेपछि अनायसै दुःख दिने, बद्नाम गराउन प्रयास गरीरहेको हुदा हामीलाई दुःख लागेको छ ।’
प्रतियोगताको निर्णायकहरुमा महानायक राजेश हमाल, सरोज खनाल, नारायण पुरी, गोल्छा अर्गनाइजेसनका संजय गोल्छा, रुपीज इन्टरनेशनलकी संचालिका रुपी सिंह, विदुषी राणा, मेघा बैंककी रविना देशराज श्रेष्ठ, उद्योगी रायषा टिब्डेवाल, भिट्री लाउन्जकी संचालिका निरा श्रेष्ठ र भारतीय पत्रकार मेहुल सुथार थिए । ‘यति प्रवुद्य व्यक्ति निर्णायक मण्डल रहेको प्रतियोगिता धाधली भयो भन्दै अरुलाई बद्नाम गर्नु पक्कै पनि राम्रो होइन’, सिरोहियाले भनिन्, ‘कार्यक्रम सफलता पूर्वक सम्पन्न भएपनि इभेन्ट म्यानेजमेन्ट टीमले अनायसै दुःख दिएकोप्रति आयोजक संस्था द पनास रनवेको आपत्ती छ ।’
फेसन डिजाईनर विशाल कपुरका अनुसार हामीले निर्णायकको सीट सम्वन्धित प्रहरी कार्यलय प्रमुखलाई देखाएर ‘विवाद क्लियर’ गरिसकेका छौं । इभेन्ट म्यानेजमेन्टसंग एग्रीमेन्ट अनुसारको रकम पनि दिईसकेको आयोजकको भनाई छ ।
मोडेल विजेताले पाँच लाख वरावरको गिफ्ट प्याकेज पाएका थिए । साथै विजेताले मुम्बईमा छ महिनासम्म बलिउड अभिनय प्रशिक्षण गर्ने अवसर पाउनेछन् । यसको खर्च आयोजकले नै व्यहोर्ने छ । छ महिनाको प्रशिक्षणपछि विभिन्न फेसन शोमामा समेत सहभागी गराईनेछ । त्यस्तै फस्ट र सेकेन्ड रनरअपलाई समेत विभिन्न गिफ्ट प्याकेज उपलब्ध गराईएको थियो ।

Comments