लोक मञ्जरी सांस्कृतिक कार्यक्रम हुँदै
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
no img

काठमाडौं । क्रियाशिल होचा पुड्का महिला संघ र बिबी सामाजिक सञ्जालको सयुक्त आयोजनामा होचो पुड्का कल्याणकारी कोष सहयोगार्थ तथा बरिष्ठ कलाकार लोकनाथ ढकालको स्वास्थ्य सहयोगार्थ ‘लोक मञ्जरी विविध साँस्कृतिक कार्यक्रम’ मा नेपालका ख्याती प्राप्त कलाकारले प्रस्तुती दिने भएका छन् ।

lok
यहि फागुन २६ गते वुधबार राष्ट्रिय नाचघर जमलमा आयोजना हुन लागेको लोक मञ्जरी विविध साँस्कृतिक कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, हाँस्यकलाकार मनोज गजुरेल, किरण केसी, शेरबहादुर गुरुङ, गायिका भुमिका शाह, गायक नविन पौडेल, लोकगायक खुमन अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र, लोकगायक राजु परियार र नायक दिक्पाल कार्कीलगायतले प्रस्तुती दिने कार्यक्रम संयोजक तथा गायिका भुमिका शाहले जानकारी दिइन् ।
कार्यक्रममा महिला तथा पुरुष होचा पुड्का कलाकारहरुले पनि आफ्नो शानदार प्रस्तुती दिने छन् । उक्त कार्यक्रमको उद्घोषण भने सर्लाहीकी चर्चित आर, भिजे तथा पत्रकार सचिता बुढाथोकीले गर्दैछिन् । उनलाई हाँस्यकलाकार राजा राजेन्द्र र कलाकार प्रभाकर देव शर्माले उद्घोषणमा सहयोग गर्दैछन् । महजोडीको प्रमुख आतिथ्यतामा सुरु हुने उक्त कार्यक्रम फागुन २६ गते दिउँसो १ बजेदेखी ५ बजेसम्म चल्ने आयोजक संस्थाले बताएको छ ।

Comments