बद्री पंगेनीको पसिना आरैछ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २१ फाल्गुन शुक्रबार
no img

हम्कि दिउँकी सालैको पातैले भन कसो गरम्
पसिना आरैछ होई निधारैमा तिम्रो
पुछदिन मन लाग्यो नमान है सरम’
यो चर्चित लोक गायक बद्री पंगेनीको नयाँ एल्बम ‘पसिना आरैछ’ मा समावेश गीत हो । गायक बद्रीको यस एल्बमलाई सञ्चार मन्त्री शेरधन राईले एक कार्यक्रमबीच बिमोचन गरेका छन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा निरमाया दोहोरी साँझको हलमा आयोजित कार्यक्रममा मन्त्री राईले गीतसंगीतबारे बोल्दै भने, ‘बद्री पंगेनीको जस्तो गीत हुनुपर्छ । बद्री पंगेनीको गीत भनेको सबैलाई नचाउँछ ।’

Badri Pangeni
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष हरिवल्लभ नेपालको अध्यक्षतामा आयोजित समारोहमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, महासचिव रमेश विजी, केन्द्रीय सदस्य शंकर बिसी, प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीलगायतको उपस्थिति थियो । गायिका प्रिति आले र बद्री पंगेनीको स्वर रहेको गीत ‘पसिना आरैछ’लाई एकनारायण भण्डारीले लेखेका हुन् । यस एल्बमलाई कृष्ण फिल्म्सले बजार प्रबद्र्धन गरेको छ । शंकर बिसीको निर्देशनमा तयार भएको भिडियोमा अञ्जली अधिकारी र शंकर बिसीले नृत्य गरेका छन् । भिडियोमा गायक बद्री र प्रीतिकै अभिनय छ ।

Comments