अम्बरको स्वास्थ्यमा सुधार, डिस्चार्ज हुँदै
screennepal
प्रकाशित: २०७२, २१ फाल्गुन शुक्रबार
no img

काठमाडौं । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारत बरिष्ठ संगीतकार अम्बर गुरुङ आज डिस्चार्ज हुँदछन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएपछि डिस्चार्ज गर्न लागिएको हो । संगीतकार गुरुङको नसा तथा पाचन प्रणालीमा समस्या आएपछि थप उपचारका लागि चार हप्ताअघि मेदान्त अस्पताल लगिएको हो ।

Ambar-Gurung
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ नेपाली संगीतमा लामो समयदेखि सक्रिय छन् । संगीतकार गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सनलगायत रोगबाट पीडित छन् । राष्ट्रिय गानका संगीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो भने उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय भइसकेको छ ।

Comments