मल्ल होटलमा प्रस्तुत हुँदै बलिउड गायक शाहिद माल्या
screennepal
प्रकाशित: २०७२, २१ फाल्गुन शुक्रबार
no img

काठमाडौं । बलिउड गायक शाहिद माल्याले राजधानीको मल्ल होटलमा गीत सुनाउने भएका छन् । थुप्रै बलिउड फिल्मका पाश्र्वगायक माल्याले शुक्रबार (आज) साँझ सुफी इलेक्ट्रो कन्सर्टमा आफ्ना गीत प्रस्तुत गदैछन् । माल्याले अभिनेता पंकज कपुरले निर्देशन गरेको फिल्म ‘मौसम’बाट पाश्र्वगायन सुरु गरेका थिए । त्यसयता उनले ‘यमला पगला दिवाना, ‘टु स्टेट्स’ ‘मेरे ब्रदर कि दुल्हन’, ‘स्टुडेन्ट अफ दि इयर’ ‘गुण्डे’ ‘फ्यान्टम’जस्ता फिल्ममा गीत गाईसकेका छन् ।

Malya
कन्सर्टका लागि शाहिद शुक्रबार बिहान नेपाल आएका उनले कार्यक्रममा बलिउड फिल्मसँगै सुफी गीतहरु सुनाउने आयोजक नाजिरले बताएका छन् । उनले चर्चाका हिसाबले शाहिद अन्य बलिउड गायक भन्दा पछि भएपनि गायनमा अब्बल रहेको बताए । ‘इलेक्ट्रो सुफी नेपाली संगीत पारखीका लागि नौलो कुरा हो । कार्यक्रम आउनेले नयाँ स्वादको संगीत सुन्न पाएको महसुस गर्नुहुनेछ,’ नाजिरले भने ।
कार्यक्रम लैनचौरस्थित मल्ल होटलमा बेलुकी ७ बजेबाट सुरु हुनेछ । उनको गायनपछि डिजे सेसन हुने आयोजकले जनाएको छ । नाजिरले निरन्तर रुपमा सांगीतिक कार्यक्रम गर्ने र यसपछि बलिउड ¥यापार बादशाह र गायक अंकित तिवारीलाई ल्याउने तयारी पूरा भईसकेको जनाएको छ ।

Comments