‘मिस्टर नेपाल’ प्रतियोगीले देखाए खेलकौसल
screennepal
प्रकाशित: २०७२, १९ फाल्गुन बुधबार
no img

mister nepal  (8)

काठमाडौं । ‘वल्र्ड टच मिस्टर नेपाल–२०१६’ का प्रतियोगीले आफ्नो खेल कौसल देखाएका छन् । प्रतियोगीले बुधबार ललितपुरको फाइभ ए साइड इन्डोर फुटबल मैदानमा आफ्नो खेल प्रदर्शन गरेका हुन् । उनीहरु मंगलबार बल्खुदेखि न्युरोड गेटसम्म दौड प्रतियोगीतासमेत सहभागी भएका थिए ।

mister nepal  (4)
एक्सपोज नेपालद्वारा आयोजित ‘मिस्टर नेपाल’ का प्रतियोगीलाई प्रशिक्षणको क्रममा खेल मैदानमा उतारिएको हो । उनीहरलाई सैद्धान्तिकका साथै प्राक्टिकल ज्ञान प्रदान गर्न खेल मैदानमा उतारेको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।
यसपटक प्रतियोगीतामा ४५ जिल्लाका ५० जना प्रतियोगी छानिएका छन् । जसको विभिन्न प्रशिक्षण नयाँ बानेश्वरस्थित स्पामा भइरहेको छ । चलेका सेलिब्रेटीलगायत बिभिन्न ब्यक्तीहरुबाट प्रतियोगीलाई प्रशिक्षण भइरहेको छ । निर्देशक कलाकार तथा संचारकर्मी दिनेश डिसी, प्रथम मिष्टर नेपाल डा.आयुष्मान घिमिरे,मोडल दिक्पाल कार्की, मिष्टर नेपाल सुरज चिल्वाललगायतले आफ्नो क्षेत्रको ज्ञान प्रतियोगीलाई दिएका छन् । अन्तिम स्पर्धा भने आगामी चैत्र १४ त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुनेछ ।

Comments