गीतकार रेप्चुङको आरोह–अवरोहका ‘आधा जीवन’
screennepal
प्रकाशित: २०७२, १९ फाल्गुन बुधबार
no img

सांगीतिक क्षेत्रमा राम रेप्चुङ राईका रुपमा चिनिएका उनी भन्छन्, ‘करिब ९/१० महिनाको हुँदा मलाई आमा–बुवाले छोड्यो । ४ बर्ष सडकमै बिताएँ । त्यसपछि १२ बर्षसम्मको गोठाले जीवनमा गुजारेँ ।’ यी उनका जीवनमा भोगाइ सुन्दामात्र पनि कम्ता अनौठो लाग्न सक्छ । तर, यही भोगाईले उनी आज एक कुसल गीतकार बनेका छन् । ‘१३ महिना जति सुनसरीको चतरादेखि भोजपुरसम्म भारी पनि बोकियो’ उनले आफ्नो विगत सम्झिँदै भने, ‘त्यसपछि करिब ६ बर्ष वैदेशिक रोजगारिमा मलेसियामा बिताएँ । हुन त म करिब एक दशकदेखि गीतिलेखनमा छु ।’ 

काठमाडौं । अधिकांश गीतकार वा साहित्यकारले आफ्नो अनुभूतिलाई सिर्जनामा शेयर गरेको पाइन्छ । यसमा गीतकार राम रेप्चुङ राई पनि पक्कै अछुतो नहोला । करिब एक दशकयता गीति लेखनमा क्रियाशील उनका जीवनमा पानाहरु पल्टाउँने हो भने थुप्रै आरोह–अवरोह पाइन्छ । उनले तिनै अनुभूतिहरु आफ्ना गीति सिर्जनामा पोख्दै आएका छन् । ती उनका भोगाइमा सुख–दुखसँगै प्रेमाभूति पनि छन् ।

ram repchun, screennepal
यहाँसम्म आइपुग्दा गीतिकारितामै करिब एक दशक गुजारिसकेका राईले आफ्नो एल्बमको नाम ‘आधा जीवन’ राखेका छन् । जुन एल्बम उनी चाँडै ल्याउँदैछन् ।
भोजपुरमा जन्मेका उनी १८ बर्षदेखि मोरङको याङसिलामा बस्दै आएका छन् । नाम रामकुमार राई भएपनि सांगीतिक क्षेत्रमा राम रेप्चुङ राईका रुपमा चिनिएका उनी भन्छन्, ‘करिब ९/१० महिनाको हुँदा मलाई आमा–बुवाले छोड्यो । ४ बर्ष सडकमै बिताएँ । त्यसपछि १२ बर्षसम्मको गोठाले जीवनमा गुजारेँ ।’ यी उनका जीवनमा भोगाइ सुन्दामात्र पनि कम्ता अनौठो लाग्न सक्छ । तर, यही भोगाईले उनी आज एक कुसल गीतकार बनेका छन् । ‘१३ महिना जति सुनसरीको चतरादेखि भोजपुरसम्म भारी पनि बोकियो’ उनले आफ्नो विगत सम्झिँदै भने, ‘त्यसपछि करिब ६ बर्ष वैदेशिक रोजगारिमा मलेसियामा बिताएँ । हुन त म करिब एक दशकदेखि गीतिलेखनमा छु ।’
राईले आफ्नो पहिलो एल्बम ‘आधा सासफेरी रहेँ’ हो । जुन एल्बमका गीत श्रोताले रुचाएका पनि थिए । जसमा सुरेश अधिकारी, सन्तोष श्रेष्ठ, अविद श्रेष्ठ, पबिधन खालिङ र कर्मा ग्याल्छेनको संगीत र मनोजराज, स्वरूपराज आचार्य, मिलन आमात्य, कृष्णभक्त राई, दीपक लिम्बू, कर्मा ग्याल्छेन र खुसेनिछो चाम्लिङले स्वर दिएका छन् ।
केही नेपाली चलचित्र र कलेक्सन एल्बम गरी ५ दर्जनभन्दा बढी गीत रेर्कड गरिसकेका गीत राई भन्छन्, ‘कतिपय मेरा गीतमा आफ्नै भोगाइहरु छन् भने केही सामाजिक भोगाईहरु ।’ देश, समाज र आफ्ना लागि गीति सिर्जना गर्नेक्रममै दोस्रो एल्बम ‘आधा जीवन’ बनेको उनले सुनाए । ‘एल्बम केही दिनमै सार्वजनिक गर्दैछु’ उनले भने, ‘यस एल्बममा बिनोद खम्बु र ताराप्रकाश लिम्बुको संगीतमा राजेशपायल राई, मिना राई, सुमन सरगम, बिनोद खम्बु र मेरो आफ्नै पनि आवाज छ ।’ उनले आफ्नो तेस्रो एल्बमका रुपमा डिभिडी ल्याउन लागेको पनि बताए । ‘डिभिडीको पनि काम सकिन लाग्यो’ उनले भने, ‘जसमा बिनोद खम्बुको एकल संगीत र राजेशपायल राईको एकल स्वर र मेरो एकल रचना छ । यो डिभिडी आरबी म्युजिक कम्पनीले तयार पार्दैछ ।’
गीतकार राईको केही दुखेसो पनि छ । उनी भन्छन्, ‘सबैभन्दा दुःख लाग्ने कुरा, देशविदेशमा रहनु हुने संघ संस्थाले गीतकारलाई हेदैन । बरु गीतकारको क्रियशनमा आवज दिने गायक÷गायिकाहरुलाई मात्र स्थान दिइरहेका छन् ।’ उनले गीतकारहरु सबैबाट ठगिँदै आएको बताए ।

Comments