कसैले गाए, कुनै नाचे…
screennepal
प्रकाशित: २०७२, १७ फाल्गुन सोमबार
no img

काठमाडौ । ‘मिस कलेजेज नेपाल २०१६’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । आईतबार राजधानीको तिनकुनेस्थित ग्रिन क्याफेमा प्रतियोगीले ट्यालेन्ट शोअन्तरगत प्रतिभा प्रस्तुत गरेका हुन् । ट्यालेन्ट शोअन्तर्गत प्रतियोगीले गायन, नृत्य, वतृत्वकला, कविता बाचनलगायतका कला देखाएका थिए ।

IMG_5178

सो क्रममा निर्जला खनाल, रानी मोक्तान, भावना भट्ट, रितिका अधिकारी, नमु मल्ल, शिसम गुरुङ, अमृता महत, अमिशा श्रेष्ठ र दिकिता खड्गी लगायतले नृत्य प्रस्तुत गरे । उनीहरुले लोक तथा आधुनिक नेपाली गीतमा नृत्य गरेका थिए । यस्तै, मेरिना पन्त, आस्था शाक्यले आफ्नो प्रतिभा प्रस्तुतिका क्रममा गीत गाए । बिपना पराजुलीले कविता बाचन गरिन् ।

IMG_5110

प्रतियोगिताको निर्णायकमा चलचित्र राहदानीकी अभिनेत्री रुपा खनाल, सोही चलचित्रबाट डेब्यु गरेका अभिनेता नविन लम्साल, अर्का अभिनेता हसन खान, फेसियस हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा, मोडल पविना खड्का र नेपाल नाट्य महासंघका अध्यक्ष बिजय बिस्फोट थिए ।

युहान इन्टरनेशनलद्धारा आयोजित ‘मिस कलेजेज नेपाल–२०१६’ को चयन १९ फागुनका काठमाडौंको जमलस्थित नाचघरमा हुने बतााइको छ ।

Comments