‘लिटिल आइकन नेपाल’ हुने
screennepal
प्रकाशित: २०७२, १७ फाल्गुन सोमबार
no img

काठमाडौं । एएनपी मिडिया हाउसले यसपटक फेरि बालबालिको प्रतिभामूलक स्प्र्धा ‘लिटिल आइकन नेपाल–२०१६’ आयोजना गर्ने भएको छ । आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादर कार्कीका अनुसार आगामी नयाँ वर्षको अवसर पारेर बैशाख ६ गते सोमबार राजधानीमा ‘लिटिल आइकन नेपाल–२०१६’ आयोजना गरिनेछ । विद्यालयमा अध्ययनरत छात्र–छात्राको वौद्धिकविकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।

Photo 2

File Photo

कार्यक्रमले विद्यालयस्तरका बालकालिकाको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै अन्तिम परीक्षापछिको बिदा र नयाँ शैक्षिक सत्रको सही सदुपयोग गराउने विश्वास कार्कीले व्यक्त गरे । शम्भुप्रसाद रेग्मीको संयोजन तथा अश्विनी झाको कोरियोग्राफीमा सञ्चानलमा हुने प्रतियोगिताका लागि आगामी चैत्र १३ गते शनिबारदेखि प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुतिलगायत विविन्न विषयमा झण्डै एक महिनासम्म तालिम र प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ । अन्तित स्पर्धा भने जमलस्थित राष्ट्रिय नाचघरमा हुने जनाइएको छ ।

Comments