काठमाडौं । ‘एईसीसी ग्लोबल मिस नेवाः११३६’ को ताज एञ्जल श्रेष्ठले जितेकी छन् । मंगलबार साँझ राजधानीस्थित नेपाल–प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा आफ्ना २१ स्पर्धीलाई उछिन्दै एञ्जल यस वर्षकी ‘मिस नेवाः’ बन्न सफल भएकी हुन् ।
Photo By : Tasveer Studio, Bagbazar Plaza
नेप्लीज फेसन होमद्वारा आयोजित ‘मिस नेवाः’ यस ११औं संस्करणमा क्रमशः रेजिशा डंगोल र मिनु प्रजापति फस्ट रनरअप र सेकेण्ड रनरअप भए । तीनै जना शीर्ष विजेतालाई विभिन्न गिफ्ट ह्याम्परसहित नगद पाँच–पाँच हजार प्रदान गरिएको छ ।
लक्ष्मण महर्जन, जिवेश्वरलाल श्रेष्ठ, सुष्मा श्रेष्ठ महरा, उज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, पूर्वमिस नेवाः अलिशा बज्रचार्यलगायतको निर्णायक मण्डल रहेको प्रतियोगितामा मिस फ्रेण्डशीप मिनु प्रजापति, मिस चार्मिङ गृष्मा कर्माचार्य, मिस स्माइल सलिशा शाक्य, तस्बिर फोटोजेनिक एञ्जल श्रेष्ठ र बेस्ट स्किनको सब टाइटल सलोनी महर्जनले पाए ।
त्यस्तै, प्रतियोगितामा बेस्ट हेयर रश्ना महर्जन पर्सनालिटी अञ्जली शाक्य, मिस डिसिप्लिन रुही महर्जन, बेस्ट डे«स स्यारोन तन्डुकार भए । कार्यक्रम गायिका निशा देशारले सांगीतिक प्रस्तुती दिएकी थिइन् ।