नाचेरै देश–विदेश घुम्दै पुनम (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १० फाल्गुन सोमबार
no img

punam sharma6

काठमाडौं । पुनम शर्मा ‘वन्त’ व्यस्त नृत्यांगना मानिन्छिन् । डेढ दशकदेखि नृत्य क्षेत्रमा क्रियाशील पुनम पछिल्लो समय विदेशमा हुने कार्यक्रमहरुमा समेत व्यस्त हुँदै आएकी छन् । अहिलेसम्म दुई सयभन्दा बढी स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गरिसकेको पुनमले बताइन् । उनले भनिन्, ‘नृत्यमै १५ वर्ष बिताइसकेँ । अहिलेसम्म कति स्टेजमा पर्फमेन्स गरेँ भन्ने गन्ती नै गर्न छाडेँ ।’
नृत्य तथा कार्यक्रमकै सिलसिलामा सिंगापुर, मलेसिया, साउथ अफ्रिका, भारतलगायतका मुलक घुमिसकेकी पुनमले हालै मात्र दुबईमा आयोजित ‘न्यू इयर नाइट–२०१६’ नामक कार्यक्रममा नृत्य प्रस्तुत गरेकी थिइन्, जहाँ पुनमको नृत्य देखेर दशैकदीर्घा मख्ख परेका थिए । पुनमको नृत्यबाट बलिउड अभिनेता गोविन्दसमेत प्रभावित भएर स्याबासी दिन स्टेजमै पुगेका थिए । गोविन्द उक्त कार्यक्रमको प्रमुख अतिथि थिए । नृत्यसँगैं अहिले नृत्य निर्देशनसमेत गर्दै आएको पुनमले सुनाए ।

punam sharma5 punam sharma4 punam sharma

Comments