लवको गीत र डक्टरको संगीतमा ‘बिसाउनी’
screennepal
प्रकाशित: २०७२, ९ फाल्गुन आईतवार
no img

काठमाडौं । गीतकार लवकुमार बुढाथोकीको पहिलो आधुनिक गीति एल्बम ‘बिसाउनी’ आइतबार राजधानीमा सार्वजनिक भएको छ । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आयोजित कार्यक्रममा कवि तथा गीतकार भूपाल राई र एल्बमका गीतकार तथा संगीतकारले संयुक्त रुपमा एल्बम लोकार्पण गरे ।

Album
एल्बममा ‘यो अञ्जान संसारमा’, ‘कस्तो यो बानी बस्यो’, ‘के भयो गल्ती म देखि’, ‘पर्खनुको पीडा पर्खाउने’ र ‘जिन्दगी यो जुवाजस्तै’बोलका ५ गीत रहेका छन् । गीतमा ख्यातीप्राप्त गायक गायिकाहरु उदय सोताङ, शिव परियार, दीपक लिम्बु, दुर्गा परियार र देवेश राईको स्वर रहेको छ । एल्बममा रहेका पाँचवटै गीतका संगीत डक्टर किरातले गरेका छन् ।
कार्यक्रममा गीतकार लवकुमार बुढाथोकीले एल्बमको गीत र संगीतका बारेमा समिक्षा गरेका थिए । कार्यक्रममा शिव परियारको स्वरमा रहेको ‘यो अञ्जान संसार’को म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा विवेक सिंह ठकुरी र अमृता बुढाथोकीले फिचरिङ गरेका छन् ।
गीतकार बुढाथोकीका यसअघि केहि फुटकर गीत विभिन्न गायक गायिकाले स्वरबद्ध गरिसकेका छन् । संगीतकार किरातले २ सयभन्दा बढि गीतमा संगीत गरिसकेका छन् ।
एल्बमको उत्पादन र वितरण नयाँ मार्गी संगीत एकेडेमी एण्ड प्रोडक्सनले गरेको हो ।

Comments