…त्यो दिन रातभर रुइन् एडेल
screennepal
प्रकाशित: २०७२, ७ फाल्गुन शुक्रबार
no img

लण्डन । गायक/गायिका वा कलाकारका लागि स्टेज पर्फमेन्स विशेष मानिन्छ । उनीहरु सधैं आफ्नो स्टेज शो राम्रो होस् भन्ने चाहन्छन् । तर, सधैं सोचे्जस्तो त कहाँ होला र ?

यस्तै, ब्रिटिस गायिका एडेल हालै एक समारोहमा आफ्नो पर्फमेन्स सोचेजस्तो नभएपछि रातभर रुएकी छन् । केही दिनअघि सम्पन्न ग्रामी पुरस्कार समारोहमा एडेलले आफ्नो प्रस्तुती पस्केकी थिइन् । तर, साउन्ड सम्बन्धी तकनिकमा गडबडी भएपछि उनलाई चित्त बुझेन । स्टेजमा गाइरहँदा साउन्ड बिग्रेपछि उनी यति धेरै दुखी भइन् कि रातभर त्यो सम्झिँदै रुइन् । ५८औं ग्रामी पुरस्कार समारोह लण्डनमा गएको सोमबार आयोजना भएको थियो । उक्त समारोहमा एडेलले आफ्नो चर्चित गीत ‘अल आई आस्क’ गाइरहँदा पियानोमा गडबढडी भएको थियो, जसमा कारण उनको स्वर बेसुर सुनिएको थियो ।

Adel
बेलायतबाट सञ्चालित वेबसाइट ‘फिमेलफस्र्ट डट को डट यूके’ को रिपोर्टअनुसार, आवाजको स्तर तलमाथि भएपछि एडेल दिक्क भएकी थिइन् । एडेलले आफ्नो प्रस्तुतिपछि दर्शकसँग माफी समेत मागेकी थिइन् ।
उनले टक शो ‘एलेन डिजेनर्स शो’ मा होस्ट एलेन डिजेनर्सको एक साक्षात्कारमा भनिन्, ‘मलाई एकदमै लज्जास्पद महुसुश भयो । म भोलिपल्ट बिहान सबेरै उठेर इंग्ल्याण्डमा म प्रति जनताले के सोचे होलान् भन्ने लाग्यो ।’ उनले त्यो रात निन्द्रै नलागेको बताइन् ।

Comments