‘स्यामुना’मा मालाको हट अवतार (भिडियो)
screennepal
प्रकाशित: २०७२, ७ फाल्गुन शुक्रबार
no img

काठमाडौ । पछिल्लो समय मोडलिङ तथा अभिनय क्षेत्रमा चर्चामा रहेकी माला लिम्बू गायक मोहन राईको म्युजिक भिडियोमा देखिएकी छन् । गायक राईको ‘स्यामुना’ बोलको गीतमा मालाले अभिनय गरेकी हुन् । यो गीत यु–ट्यबमार्फत सार्वजनिक गरिएको छ । अमनप्रताप अधिकारीको निर्देशन र प्रशान्त तामाङको कोरियोग्राफी रहेको ‘स्यामुना’ को म्युजिक भिडियोमा मालासँगै गायक मोहन र प्रशान्तले पनि अभिनय गरेका छन् । भिडियोमा माला टु–पिसमा देखिएकी छन् ।  आफ्नो भाषा तथा संस्कृतिको संरक्षण गर्दै ‘स्यामुना’ बोलको गीत गाएको राईले बताए । टिका चाम्लिङको शब्द तथा बिनोद राईको संगीत रहेको यस गीत फरक भएकाले दर्शक एवं श्रोताले रुचाउँने गायकले अपेक्षा गरेका छन् ।

Comments