बिवाह बन्धनमा बाँधिइन् सेलो गायिका
screennepal
प्रकाशित: २०७२, ७ फाल्गुन शुक्रबार
no img

काठमाडौ । तामाङ सेलोलाई नेपालीमा ल्याउन महत्वपुर्ण भूमिका खेल्ने गायिकामध्ये एक मानिने इन्दिरा योञ्जन बिवाह बन्धनमा बाँधिएकी छन् । ३६ बर्षिया योञ्जनको अधिवक्ता तथा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति होम दोङसँग बुधबार विवाह भएको हो ।

indira2
तुलशा वाइवासँग मिलेर ‘नाच्यो च्याङबा’, ‘चौबन्दी’, ‘सेलो संगम’, ‘चलनचल्ती’ लगायत आधा दर्जन नेपाली सेलो र उत्तिकै संख्यामा तामाङ सेलो एल्वम ल्याएकी यिनको ‘उँभो उँभो लाग्यो भेडीको बथान…’, ‘ल्याइदेउ न आप्पा आङ्गी र पाङदेन…’, ‘आऊ गोरी लुकामारी खेलौं…’लगायतका गीत चर्चित छन् ।
बौद्धस्थित एक पार्टी प्यालेशमा तामाङ परम्परा अनुसार सम्पन्न विवाह समारोहमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पुर्वमन्त्री अमृत कुमार बोहरा, सभासद शेरबहादुर तामाङ, तिर्थ लामा, गायक रोज मोक्तान, प्रेम लोप्चन, संगीतकार चन्द्रकुमार दोङ, गायिका इन्दिरा गुरुङलगायत पुगेका थिए ।

Comments