‘योमरी नखत्या’ सम्झाउँन कार्यक्रम
screennepal
प्रकाशित: २०७२, ५ फाल्गुन बुधबार
no img

काठमाडौं । नेवार समुदायको ठुलो पर्वका रुपमा लिइँदै आएको योमरी पुन्हीपछि गरिने भोज योमरी नखत्यालाई सम्झाउन यही नाममा विशेष कार्यक्रम हुने भएको छ ।

image1
प्लानेट इन्रटेनमेन्ट इन्टरनेशनल प्रालिले यो पर्वको संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि यो कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजक संस्थाका प्रवन्ध निर्देशक मोनित महर्जनका अनुसार कार्यक्रममा नेवारी समुदायको कला संस्कृतिमूलक प्रस्तुति प्रस्तुत गरिनेछ । त्यसबाहेक सांस्कृतिक प्रस्तुतिअन्तर्गत जनजातीभित्रका सबै जातजातीको कला र संस्कृतिका कार्यक्रम पनि हुनेछ ।
आगामी शनिबार साँझ पाटन दरबार स्क्वायरमा हुने कार्यक्रममा प्mयुजन सांगितीक समूह मन्दले विशेष सांगितीक प्रस्तुति प्रस्तुत गर्नेछ। नेवारी खाना र परिकारहरुका साथ सम्पन्न हुने कार्यक्रममा सांस्कृतिक पहिरनको फेशन शो, कला र हस्तकला प्रस्तुत गरिनेछ। फेशन शो भने नेप्लीज द कलेक्सनको सहकार्यमा हुन लागेको हो। कार्यक्रमबाट विदेशी पर्यटक तथा नेपालीहरुले आप्mनो देशको परिकारको स्वाद लिुनका साथै विभिन्न जातजातीको पहिरन र संस्कृति बुभ्mन सहयोग गर्ने आयोजकको विश्वास छ।

Comments