होली आउँनै लाग्दा दीपकले ल्याए ‘म रंग हुँ’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, ३ फाल्गुन सोमबार
no img

deepak limbu

काठमाडौं । चर्चित पाश्र्वगायक दीपक लिम्बुले आफ्नो पाँचौं एकल एल्बम ‘रंग होली’ श्रोता तथा दर्शकमाझ चाँडै ल्याउँदैछन् । ‘नेपाली तारा साँझ’ कार्यक्रमको क्रममा हाल बेलायतमा रहेका गायक लिम्बूले एल्बम रिलिजअघि ‘म रंग हुँ’ बोलको गीतलाई म्यूजिक भिडियोमा ल्याएका छन् । रंगहरुको पर्व होली नजिकिँदै गर्दा उनले यो भिडियो रिलिज गरेका हुन् । विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुँदै आएका गायक लिम्बुले एक वर्षपछि मात्र एकल एल्बम श्रोतामाझ पस्केका थिए ।

उत्तमजंग लिम्बूको शब्द तथा संगीत रहेको यस गीतको भिडियोलाई चर्चित सिनेमाटोग्राफर हरि हुमागाइँले निर्देशन गरेका हुन् । यसअघि ‘मैले माया गर्न जानिनँ होला’ गीतको भिडियोमा अभिनय गरेका गायक लिम्बूले यस गीतमा पनि अभिनय गरेका छन् । भिडियोमा गायकसँगै मोडल सिर्जना सुनुवारले मोडलिङ गरेकी छन् ।

Comments