‘वल्र्ड फेशन परेड’ न्यूयोर्कमा दाउरा–सुलवाल (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ३ फाल्गुन सोमबार
no img

fashion Show, screennepal 6

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कलाई ‘विश्व फेशन’कै राजधानी मानिन्छ । त्यस्तै, अमेरिका नेपालीको मात्र नभई संसारकै मानिसहरुको आकर्षणको सहर पनि हो । यही सहरमा नेपाली मादलको चट्किलासँगै नेपाली दौउरा–सुरुवाल र ढाका टोपीमा झुल्किए मोडल दीपक घिमिरे । नेपालमा मोडलिङ दुनियाँमा छुट्टै पहिचान कायम गरेका दीपक न्यूयोर्कको चर्चित फेशन शो ‘कन्टुर फेशन विक’ को २३औं शृंखलामा क्याटवाक गरेर नेपालीको छाती गर्वले फुलाएका हुन् ।

fashion Show, screennepal (5)

फेसन शोमा सहभागीपछि दीपकले स्क्रीन नेपालसँग कुरा गर्दै भने, ‘विश्वका मोडलहरुसँग दाउरा सुलवालमा क्याटवाक गर्न पाउँदा गर्व लागेको छ ।’ उनले उक्त फेसन शोले नेपाली पहिरन र संस्कृतिको प्रवद्र्धनमा समेत टेवा पुगेको बताए ।
गएको १३ फेब्रुअरी साँझ उनी ‘नेपाली थिम’ मा प्रस्तुत भएका हुन् । उक्त फेशन विक र वल्र्ड फेशन परेडको संयुक्त आयोजनामा सम्पन्न फेशन शोमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले बिजयी मोडेललगायत ४ जनालाई नेपाल आउन निम्तो दिएका छन् । कार्यक्रममा राउन्ड ट्रिप एयर टिकेट, होटेल, ट्रान्स्पोर्टेशनलाई १० दिनको फोटोसुटको प्रायोजन प्याकेजसमेत प्रदान गरे ।

fashion Show, screennepal (4)

‘वल्र्ड फेशन परेड’का संस्थापक अध्यक्ष तथा कन्टुर फेशन विकका साउथ एशिया कन्ट्री निर्देशक राजा घिमिरेले ¥याम्पमा सहभागी मोडलहरुसँग उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए ।
फेशन शोका दौरान नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी तस्बिरहरुको ‘स्लाइड शो’ समेत देखाइएको थियो । त्यस्तै, कार्यक्रममा नेपाली मादलको धुनमा डिजे राजुद्वारा फ्यूजन गरिएको क्याटवाक म्युजिकल धुनमा विश्वको विभिन्न देशका ११ मोडलहरुले अमेरिकाका लागि नेपाली अवैतनिक महाबाणिज्यदूत ऋषि ढकालको राईजिङ ईण्टर्नेशनल कम्पनीद्वारा तयार पारिएको नेपाली फ्याब्रिकको विभिन्न परिधानहरु प्रस्तुत गरेका थिए ।

fashion Show, screennepal (3)
मोडलहरुको क्याटवाकलाई नेपाली मोडल दीपकले नेतृत्व गरेका थिए । उक्त फेशन शोको संयोजन को–अर्डिनेटर सर्मिश्ता महर्जनले गरेकी थिइन् । अध्यक्ष राजा घिमिरेका अनुसार ‘वल्र्ड फेशन परेड’ आगामी दिनहरुमा विश्वभर प्रदर्शन हुनेछ ।

fashion Show, screennepal (2)

fashion Show, screennepal (1)

Comments