गायिका लक्ष्मीलाई सम्मान
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
no img

काठमाडौ। गायिका तथा मोडल लक्ष्मी आचार्य सम्मानित भएकी छन् । सुदरपश्चिमको धनगढीमा  आयोजित महाकुम्भ मेलामा उनलाई सम्मान गरिएको हो । गायन तथा मोडलिङमा उनले पुर्याएको योगदानजको कदर गर्दै उनलाई सम्मान गरिएको हो । जगत गुरु शंकर आचार्यले उनलाई खादा तथा प्रमाण पत्रले सम्मान गरे ।

12713967_1552785681704923_809561527_n (1)

चालिस हजार भन्दाबढी दर्शकको सहभागीता रहेको कार्यक्रममा गायिका आचार्यले केही सांगीतिक प्रस्तुति पनि राखेकी थिइन् । उनले ‘ कुम्भ मेला लागेको बेलामा’ बोलको गीत गाउँदा हजारौ दर्शक उनीसँगै नाचेका थिए ।

मोतीनगर टिकापुर कैलालीकी आचार्य बिगत पाँच बर्षदेखी यी दुबै बिधालाई एकसाथ लिएर हिडिरहेकी छन् । दोहोरी गायनबाट कलाक्षेत्रमा हाम फालेकी आचार्यले तिन चर्चित लोकदोहोरी एल्बम पनि दिएकी छन् संगितीक क्षेत्रमा ।‘नजिक नजिक सछर्न् ’, ‘तिन साल अमेरीका’ ,‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो ।।’ जस्ता उनका चर्चित दोहोरी भाका हुन् । यी मध्य‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो ।’अघिल्लो बर्ष सार्वजनिक भएको हो । जसको चर्चा अझै छ ।

Comments