प्रवल गुरुङले डिजाइन गरेको परिहनमा सेलेना
screennepal
प्रकाशित: २०७२, २ फाल्गुन आईतवार
no img

काठमाडौं  ।  नेपाली फेसन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेको पहिरनमा हलिउड अभिनेत्री एवं गायिका सेलेना गोमेज देखिएकी छन् । प्रवल गुरुङले तयार गरेको कपडा सेलेनाले यस वर्षको ‘प्रि–फल्स् कलेक्सन’अन्तर्गत पहिरिएकी हुन् । युनिसेफकी सद्भावना दूतसमेत रहेकी सेलेना गत वर्ष नेपाल आएकी थिइन् । उनी गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा आएकी थिइन् । उनका ‘ह्यान्ड टु माइसेल्फ’, ’सेम वल्ड लभ’, ‘स्लो डाउन’, ‘गुड फर यु’ र लभ विल रिमेम्बर’लगायतका चर्चित गीतहरु । पछिल्लो समय युवापुस्ताले रुचाएकी गायिकामध्येमा पछिन् सेलेना ।

selena gomez
प्रवलले डिजाइन गरेको पहिरनमा यसअघि थुप्रै हलिउड तथा बलिउड सेलिब्रेटीले लगाइसकेका छन् । अमेरिकामा बसेर फेसन डिजाइनलाई पेसा बनाउँदै आएका प्रवल पछिल्लो केही समय यता सेलिब्रेटीको रोजाइका डिजाइनरका रुपमा चिनिन्छन् ।

Comments