‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ मा ५० छानिए
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
no img

काठमाडौं । सौन्दर्य प्रतियोगिताको भीडमा ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ नाम पनि थपिएको छ । ब्युटि, ब्रेन र कल्चरको फ्युजनका रूपमा प्यासिपिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रालिले पहिलोपटक आयोजना गर्न लागेको ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१६’ को शनिबार राजधानीमा अडिसन लिइएको छ । अडिसनमा सहभागी ८० जनामध्ये ५० युवती छनोट भएको आयोजकले जनाएको छ ।
_MG_3709
अडिसनको निर्णायक मण्डलमा आदिवासी जनजाती प्रतिष्ठानका सुचना प्रमुख राम मादेन, फेसियल हाउसकी सञ्चालक सुषमा महरा, ललितपुर उपमहानगर पालिकाका कानुनी सल्लाहकार लक्ष्मण महर्जन, कोरियोग्राफर रोजिन शाक्य, बरिष्ठ गायक राजन राई, संजोग लाफा मगर, उज्वलकृष्ण श्रेष्ठ, मञ्जु श्रेष्ठ र योगिता महर्जनलगायत रहेका थिए ।
प्रतियोगितामा नेवार, तामाङ, शेर्पा, मगर, गुरुङ, लिम्बू, राई, थकाली, थारु, धिमाललगायत नेपालमा आदिवासी जनजाती सुचिकृत समुदायका १६ देखि २४ वर्ष उमेर समूहका युवतीले आवेदन दिएका थिए ।
_MG_3730
यस प्रतियोगितामा सहभागीका लागि आवेदन शुल्क १५ यस रुपैयाँ मात्र तोकिएको थियो । जसले गर्दा पनि छोटो समयमै सोचेभन्दा धेरै आवेदन परेको आयोजकले जनाएको छ । कमजोर आर्थिक अवस्था भएकाले पनि प्रतियोगितामा सहभागी जनाउन सकोस् भन्ने हेनुले आवेदन शुल्क कम गरिएको पनि आयोजकको दावी छ ।
_MG_3701
यस प्रतियोगिताले आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, भाषा, जीवनशैली तथा रहनसहनलाई उजागर गर्ने विश्वास आयोजकको छ । अडिसनमा छनोट भएका प्रतियोगीहरुलाई आदिवासी जनजातीका कला, संस्कृति र रहन सहन र व्यक्तित्व विकासबारे एक महिना प्रशिक्षण दिइने जनाइएको छ । साथै, उनीहरुलाई स्टेज पर्फमेन्स, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, फेसन, ब्युटी, फिटनेस, सामाजिक उत्तरदायित्वबारे विज्ञहरुमार्फत तालिम प्रदान गरिने पनि आयोजकले जनाएको छ । कार्यक्रमको अन्तिम स्पर्धा आगामी १३ चैतमा राजधानीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।_MG_3722

Comments