मिस नेवाः प्रतियोगीले देखाएका कला र प्रतिभा
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
no img

काठमाडौं । ‘एईसीसी ग्लोबल मिस नेवाः ११३६’ का प्रतियोगीले शनिबार आ–आफ्नो प्रतिभा र कला देखाए । ‘ट्यालेन्ट’ राउण्डअन्र्तगत बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनयलगायतका प्रतिभा देखाएका थिए ।

miss newa (2)
नेप्लीज फेसन होमद्वारा आयोजित प्रतियोगितामा २२ जना स्पर्धा गर्दैछन् । प्रतियोगितमा अनिता महर्जन, रुही महर्जन, रिभा शाक्य, एञ्जीला महर्जन, शरोन तन्डुकार, अञ्जली शाक्य, रोश्मी भेले, रश्मी तन्डुकार, सजिना बज्रचार्य, गृष्मा कर्माचार्य, सेलेना श्रेष्ठ, सलोनी महर्जन, रुबिशा श्रेष्ठ, एञ्जेल श्रेष्ठ, रुविना शाक्य, मिनु प्रजापति, सोनिका महर्जन, सर्निका राजोपध्याय, रेजिशा डंगोल, रश्ना महर्जन, सनिशा शाक्य र जेनी महर्जन स्पर्धी छन् ।

miss newa (3)
ट्यालेन्ट राउण्डमा अजयसिंह सवाल, अमरज्योति रञ्जित, उज्वलकृष्ण श्रेष्ठ, योगिता महर्जन, जिवेश्वरलाल श्रेष्ठ, लक्ष्मण महर्जन, सुषमा महरालगायत निर्णयक थिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फागुन ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

Comments