स्वराजले ल्याए ‘हावा र पानी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
no img

काठमाडौं । गायक स्वराज सागर प्रधान आफ्ना श्रोता तथा दर्शकका ‘भ्यालेटाइन’ उपहार लिएर हाएका छन् । ९ वर्षकै उमेरमा ‘स्वराज’ एल्बम ल्याएर श्रोतामाझ बालकलाकारको रुपमा चिनिएका स्वराजले ‘भ्यालेनटाइन–डे’लाई लक्षित गरेर नयाँ गीत तथा भिडियो सार्वजनिक गरेका छन्, जसलाई उनले ‘भ्यालेनटाइन–डे’ को उपहार भनेका छन् ।

swaraj sagar
शुक्रबार साँझ स्वराजले आफ्ना आमा–बाबुको उपस्थितिमा ‘हावा र पानी भई…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियो सार्वजनिकपछि १३ वर्षीय गायक स्वराजले भने, ‘पहिलो एल्बम ल्याउँदा बालकलाकार थिएँ, अहिले त अलि ठूलो भएको छु । यो गीत मैले भ्यालेटाइनलाई लक्षित तयार गरेको हुँ ।’
‘हावा र पानी भई…’ गीतलाई विभिन्न टेलिभिजन र यु–ट्युबमार्फत वल्र्डवाइड रिलिज गरिएको हो । यस गीतमा भक्तराज बान्तवा ‘अनुरोध’ को शब्द र शान्तिराम राईको संगीत रहेको छ । अर्जुन अधिकारीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा पल शाह र विपना थापाले अभिनय गरेका छन् ।
युनाइटेड स्ुकलमा कक्षा ८ मा अध्ययनरत स्वराजले भने, ‘मेरो स्कुलकै भक्तराज सरको आग्रहमा यो गीत गाएको हुँ ।’ कार्यक्रममा स्वराजकी आमा सरिता शाक्य प्रधानले भनिन्, ‘स्वराजले सानैदेखि राम्रो गाउँथ्यो । त्यसैले ९ वर्षकै उमेरमा एल्बम निकालिदिएका हौं ।’ ‘स्वराज’ एल्बम ल्याएपछि स्वराजले विभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुती दिइसकेको सरिताले बताइन् । उनका अनुसार जर्मनी, बेल्जियम, स्पेनलगायतका मुलुकमा स्वराजले गीतसंगीत पस्किसकेका छन् ।
स्वराजको नाममा फाउन्डेसनसमेत स्थापना गरेको बताउँदै सरिताले भनिन्, ‘स्वराज एल्बमको बिक्री र छोराका विदेशमा गरेको सांगीतिक कार्यक्रममार्फत संकलित रकमबाट स्वराज फाउन्डेसन स्थापना गरिएको हो ।’ उक्त फाउन्डेसनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति उपलधब्ध गराउँदै आएको सरिताले बताइन् ।
गायनमा आफूलाई निखार्न स्वराजले हाल सुरशाला संगीत एकेडेमीमा संगीत सिकिरहेका छन् । ‘गीतसंगीतमै मेरो सानैदेखिको रुचि हो’ स्वराजले भने, ‘भविष्यमा त मेरो वैज्ञानिक बन्ने लक्ष्य छ । तर, संगीतलाई पनि निरन्तरता दिइरहने छु ।’ स्वराजले नेपालीलगायत जर्मनी, स्पेनिश, टर्की, चाइनिज भाषामा पनि गीत गाउने गरेका छन् । कार्यक्रममा उनले एउटा चिनियाँ भाषाको गीत गाएर सुनाएका थिए ।

Comments