दक्षिण कोरियामा जब झुल्के यी चर्चित कलाकार
screennepal
प्रकाशित: २०७२, १ फाल्गुन शनिबार
no img

काठमाडौं । नेपालका चर्चित कलाकारले दक्षिण कोरियामा रहँदै आएका नेपालीहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका छन् । डाइनामिक मोरङ कमिटि कोरियाको प्रस्तुतमा गएको ७ फेब्रुअरीमा आयोजित ‘विराट सांगीतिक सौगात’ मा प्रस्तुती दिन नेपालबाट मिलन अमात्य, शिव परियार, धिरज राई, बाबु बोगटीलगायतका चर्चित गायक/गायिका कोरिया पुगेका थिए । कोरियाको सङ्बुक कुमिन यसङ ह्वग्वानमा सम्पन्न कार्यक्रमको संयोजत्व मोरङ कमिटिका अध्यक्ष जीवनकुमार थापाले गरेका थिए ।

jeevan k thapa
कार्यक्रममा अभिनेत्री तथा मोडल माला लिम्बूका साथै हास्य कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ को पनि सहभागिता थियो । कार्यक्रममा उपस्थित सयौं दर्शकलाई शिव, मिलन, धिरज र बाबुको गायनले लठ्ठै भएका थिए ।

त्यस्तै, माला लिम्बूको निृत्यमा भरपूर्ण मनोरञ्जन लिएका दर्शकलाई हास्य कलाकारद्वयले पेट मिचिमिची हास्न बाध्य बनाएका थिए । कार्यक्रममा केही वर्षदेखि कारियामै बस्दै आएका कलाकार सरोज सुब्बाले पनि नृत्य गरेर दर्शकको मन जित्न सफल भएका थिए । सरोजका अनुसार कार्यक्रममा नेपाली दर्शकको उल्लेख्य सहभागिता थियो ।

aaa

कार्यक्रम नेपालमा असामान्य बालबालिकाको सहयोगार्थ गरिएको आयोजकले जनाएको छ । नेपाली कोरियामा उत्कृष्ट प्रस्तुतीपछि यहाँबाट कोरिया गएका कलाकार नेपाल फर्किसकेका छन् । आगामी दिनमा पनि यस्तै किसिमका कार्यक्रमहरु गर्दै जाने आयोजकको उद्देश्य र सोच रहेको कार्यक्रममा सहभागी तथा कलाकार सरोजले जानकारी दिए ।

Comments