‘भ्यालेन्टाइन–डे’लाई ‘सम वान स्पेशल’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २९ माघ शुक्रबार
no img

काठमाडौं ।   ‘भ्यालेन्टाइन–डे’ मा प्रेममा रमाउने जोडीका लागि उपहार भन्दै ‘सम वान स्पेशल’ बोलको गीतलाई म्युजिक भिडियो बनाइ सार्वजनीक गरिएको छ । शुक्रबार यु–ट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

some one

रोमान्टिक वातावरणमा छायाँकन गरिएको गीतमा मोडल हन्ट नेपालको उत्कृष्ट १० भित्र पर्न सफल तथा मस्ट पपुलर उपाधि बिजेता आषिश रौनियारको अभिनय रहेको छ । रौनियारलाई लिड मोडलका रुपमा आशिका श्रेष्ठले साथ दिएकी छन् । गीतमा आषिश र आशिकाको अभिनयलाई अन्य केही कलाकारले पनि सिगार्ने काम गरेका छन् । भिडियो रवि मल्ल र फिरोज बस्नेतल निर्देशन गरेका हुन् ।
सार्वजनिक गीतमा शब्द, संगीत र स्वर रवि मल्ल र फिरोज बस्नेतको रहेको छ । भिडियो निकै आकर्षक बनेको छ । विभिन्न फेसन शोमा मोडलिङ गर्दै अभिनयमा प्रवेश गरेका मोडल रौनियारको यो डेब्यु भिडियो हो । मोडलिङ हँुदै अभिनयमा डेब्यु गरेका रौनियरको चलचित्र अभिनयमा छाउने रहर छ । त्यसका लागी आफूले अभिनयका लागि आवश्यक विभिन्न प्रशिक्षणसमेत सुरु गरेको बताए ।

https://www.youtube.com/watch?v=ZMxNaWmoWuU&feature=youtu.be

Comments