प्रेमिल बनाउने भीषणको ‘पूर्णिमाको जूनजस्तो…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २७ माघ बुधबार
no img

काठमाडौं । प्रणय दिवश अर्थात् अहिले ‘भ्यालेनटाइन–डे’ सिजन छ । सधैंका वर्षझैं १४ फेबु्रअरी नजिकिँदै गर्दा युवाजमात प्रेमिल बन्र्दै गएका छन् । योबेला गायक भीषण मुकारुङको ‘पूर्णिमाको जूनजस्तो…’ गीत पक्कै समय सान्दर्भिक लाग्न सक्छ । ‘भ्यालेनटाइन–डे’ मा आफ्ना प्रेमी–प्रेमिकालाई जसलाई पनि पूर्णिमाको जूनजस्तै लाग्न सक्छ ।

bhisan

गायक भीषणले आफ्नो गीतमा यही गाएका छन् । भीषणको ‘पूर्णिमाको जून जस्तो…’ पूर्वेली लोक आधुनिक गीतलाई अहिलेका चल्तापुर्जा निर्देशक तथा सम्पादक विज्ञान राई म्युजिक भिडियो निर्देशन गरेका छन् । यस गीतको केही समयअघि नै भिडियो रिलिज गरिएको हो । तर, समय सान्दर्भिक लागेकाले यहाँ प्रस्तुत गरेका छौं ।

अञ्जान किरातीको शब्दरचना रहेको यो गीत भीषणको ‘एउटा सत्य’ एल्बममा संगृहीत छ । विज्ञानकै सम्पादन रहेको यस भिडियोमा योगेन्द्र राई र सुष्मालाई फिचरिङ गरिएको छ । यस भिडियोको पोष्ट प्रोडक्शन सेवा इन्टरटेनमेन्टले गरेको हो । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments